कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देउवा सहभागी कार्यक्रममा कार्यकर्ताको होहल्ला

डीआर पन्त

डडेलधुरा — कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न डडेलधुरा पुगेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताहरुले स्वेच्छाचारी नबन्न चेतावनी दिएका छन् ।

देउवा सहभागी कार्यक्रममा कार्यकर्ताको होहल्ला

गत निर्वाचनपछि पहिलो पटक गृहजिल्ला आइपुगेका देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा नै कार्यकर्ताहरुले विधि प्रक्रिया र पद्धति मिचेर काम नगर्न चेतावनी दिएका हुन् । जिल्ला सम्मेलन उद्घाटन मन्तव्य दिइरहँदा कार्यकर्ताहरुले सभास्थलमा होहल्ला समेत गरेका थिए । दुइ गुटमा विभाजित रहेको डडेल्धुरा कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताले देउवालाई यसरी चेतावनी दिँदै सभास्थलमा होहल्ला गरेका हुन् ।


कार्यकर्ताको विरोधका बीच सम्बोधनलाई अघि बढाएका देउवाले कांग्रेसलाई पुरानै स्थितिमा फर्काएर मात्र आफूले विश्राम लिने बताए । उनले कांग्रेसलाई देशको एक नम्बर पार्टी बनाएर मात्र विश्राम लिने दाबी समेत गरेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?