१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नीति तथा कार्यक्रम पारित

अर्जुन शाह

धनगढी — प्रदेश ७ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले शनिबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रम पारित

तीन दिनको छलफलपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । मुख्यमन्त्री भट्टले जवाफ दिने क्रममा सभामा बोल्दै प्रदेशसभा सदस्यहरुले उठाएका सकारात्मक सवालहरुलाई समेट्दै बजेट निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


सरकारले असार १ गते आर्थिक वर्ष ०७५/०७६ का लागि करिब २५ अर्बको बजेट प्रस्तुत गर्ने जनाएको छ ।


दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न समावेसी आर्थिक विकाशमा जोड दिइने उल्लेख गर्दै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले प्रदेश गौरवका आयोजना निर्माण, एक जिल्ला एक सडक, शहिद दशरथ भिमदत्त ग्रामीण विकास कार्यक्रम, मुख्यमन्त्री कृषि कार्यक्रम, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को स्थापनागर्ने उल्लेख गरेको छ ।


यस्तै आगामी वर्ष कानुन निर्माणको वर्षका रुपमा कार्य गर्ने, गड्डाचौकी–अत्तरिया–चिसापानी सडक ६ लेनको बनाउन डिपिआर गर्ने, अन्तराष्ट्रिय क्रिकेट मैदानको डिपिआर गर्ने उल्लेख गरिएको छ । एक ब्यक्ति एक खाता, पूर्वाधार विकास बैंकको स्थापना, बाजुरामा भौतिक तथा मानव विकासलाई विशेष प्राथमिकता, लैगिंक हिंशामा शुन्य सहनशीलताको नीति लिने सरकारले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?