१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिपुलेक सडकमा नेपाली मजदुरको मृत्यु

मनोज बडू

दार्चुला — भारतले उत्तराखण्डको लिपुलेकसम्म निर्माण गरिरहेको सडक खण्डमा काम गर्ने एक नेपालीको मजदुरको मृत्यु भएको छ ।

लिपुलेक सडकमा नेपाली मजदुरको मृत्यु

उक्त सडक खण्डमा प्रयोग गरिएको डोजरमा तेल हाल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेर गम्भीर भएका महाकाली नगरपालिका ६ पौन्याखोलाका अन्दाजी ३५ वर्षीय जयसिं धामीको अस्पताल ल्याउने क्रममा उनको बाटोमै मुत्यु भएको आफन्त खड्कसिं धामीले बताए ।


एक वर्षदेखि उक्त सडक खण्डमा दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका धामी १५ दिन अगाडी घरमा आफन्तलाई भेट्न आएका थिए । ढुङ्गा लागेर उनको मृत्यु आइतबार नै भएको भएपनि आफन्त तथा घरपरिवारले सोमबार मात्र उनको मृत्यु भएको खबर पाएको जनाएका छन् ।


बडूको मृत्यु ढुङ्गा लागेर भएको जनाएपनि उनको शवलाई गाडीमा राख्न गएका आफन्तले शरीर जलेको जस्तै देखिएको बताएका छन् । मृतक धामीको घरमा आमाबुवा, श्रीमती तथा दुई छोरी र एक छोरा रहेको पारिवारिक स्रोतले जनाएको छ ।


उक्त सडक खण्डमा यसअघि पनि गत चैतमा ब्यास गाउँपालिका ४ डोकटका त्रिलोकसिं विष्ट डोजरसँगै सडकबाट तल महाकाली किनारमा खसेर मृत्यु भएको थियो । अहिले विष्टको परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्च बाहेक अरु राहत नदिएको उनका आफन्त रामसिं विष्टले बताए ।


ठेकेदार कम्पनीले मजदुरको विमा बापत् उपलब्ध हुने राहत रकम उपलब्ध गराउने आश्वासन आफन्तलाई दिएको उनको भनाई छ । उक्त क्षेत्रमा मजदुरी, मेसिनमा लाग्ने पेट्रोलियम पदार्थ, विस्फोटक पदार्थ ढुवानी गर्न सयौँको संख्यामा नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित : असार ४, २०७५ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?