कालाजारका बिरामी बढे

धनगढी — ७ नम्बर प्रदेशको तराईसँगै पहाडी जिल्लामा कालाजारका बिरामी फेला पर्न थालेका छन् । जनस्वास्थ्य र सेती अञ्चल अस्पतालको तथ्यांकमा हाल सम्म १२ जना कालाजारका बिरामी फेला परेका छन् ।

कालाजारका बिरामी बढे

कालाजारका बिरामीको संख्या दार्चुलामा बढी देखिएको छ । हालै कालाजार संक्रमणको अध्ययनका लागि दार्चुला पुगेको ‘भेक्टर कन्ट्रोल प्रोग्राम’ का टोली सदस्य उदयशंकर शाहाले दार्चुलामा कालाजारबाट १ जना को मृत्यु र ४ मा संक्रमित भई बिरामी भएको बताएका छन् ।

दार्चुलामा बिरामी परेकामध्ये ३ जना उपचारका लागि धनगढी आएको बताइएको भए पनि सेती अस्पतालले जेठ १२ गते दार्चुलाबाट कालाजारको १ जना मात्रै बिरामी भर्ना भएको जनाएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयले हालै दार्चुलामा कालाजार सम्बन्धी अध्ययन गर्न १० जनाको ‘भेक्टर कन्ट्रोल प्रोग्राम’ टोली पठाएको थियो ।

उक्त टोलीका सदस्य शाहले दार्चुला जिल्लामा कालाजार संक्रमण फैलाउने ‘सेन्डफ्लाई’ भुसुना प्रशस्त मात्रामा रहेकाले कुनै पनि बेला महामारी फैलिन सक्ने खतरा औंल्याएका हुन् । शाहले प्रदेश ७ का सबै पहाडी जिल्ला सदरमुकाममा मलेरिया संक्रमण गर्न सक्ने लामखुट्टे समेत प्रशस्त मात्रामा रहेको बताए । उनले भने, ‘त्यहाँ कुनै पनि मलेरियाको केस बाहिरबाट आयो भने ‘आउट ब्रेक’ हुन सक्ने बताए ।

सेती अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यलय कैलालीको तथ्यांकमा गएको वर्ष १० र यस वर्ष २ जना बिरामी मात्रै कालाजारका बिरामी फेला परेको उल्लेख छ । उपचारका लागि अस्पतालमा गएको र यस वर्ष कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र दार्चलामा कालाजारका बिरामी भर्ना भएका भेएिएका हुन् । जसमध्ये सेती अञ्चल अस्पतालमा डडेलधुराका एक जनाको उपचार भइरहेको छ ।

डडेलधुरा बेलापुर–४ घर भएकी ५० वर्षीया सन्जा देवी रावलको उपचार भइरहेको हो । दुई साताअघि कालाजारको उपचार गर्न सेती अस्पतालमा भर्ना भएका दार्चुला घनी–४ का सुरज कुँवर निको भई घर फर्केका छन् । यसअघि डोटीमा ३ जनालाई कालाजार देखिएको सेती अञ्चल अस्पतालको मेडिकल रेकर्डमा छ ।

प्रकाशित : असार ११, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?