कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडकमा ट्रक बिग्रिँदा महाकाली राजमार्ग अवरुद्ध

मनोज बडू

दार्चुला — बैतडीको सुर्नया गाँउपालिका–१ ढुङ्गाखानीमा सडकमै ट्रक बिग्रिँदा महाकाली राजमार्ग अन्तर्गतको सतबाँज–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ । 

सडकमा ट्रक बिग्रिँदा महाकाली राजमार्ग अवरुद्ध

शनिबार दिउँसो दाङबाट दार्चुला जाँदै गरेको ना७ख ३२६ नम्बरको १० चक्के ट्रकको बाँया साइडको अगाडिको चक्का भाँचिएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


शनिबार अपरान्हदेखि उक्त सडकखण्डमा सवारीसाधन चल्न सकेका छैनन् । राजमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट बैतडी, धनगढी, महेन्द्रनगर र काठमाडौं तथा काठमाडौं, महेन्द्रनगर, धनगढीबाट दार्चुला भित्रिने दर्जनौं साधन र सयांै यात्रु अलपत्र परेका छन् ।

ट्रक बनाउन आइतबार धनगढीबाट मिस्त्री बोलाएकाले साझसम्म यातायात सुचारु हुने प्रहरीको भनाई छ ।

प्रकाशित : असार १७, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?