कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरमा कडाई गर्ने तयारी

अर्जुन शाह

धनगढी — पछिल्ला वर्षमा पहाडी जिल्लाका डाँडापाखामा मनपरी सञ्चालन हुँदै आएका डोजरलाई नियन्त्रण गर्ने तयारीमा प्रदेश सरकार जुटेको छ । मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्रीसहित मन्त्रीहरुले डोजर सञ्चालनमा कडाई गरिन लागेको बताएका हुन् ।

डोजरमा कडाई गर्ने तयारी

वर्षात् सुरु भएसँगै प्रदेशअन्तर्गत तराईका कैलाली र कञ्चनपुरमा बाढीको जोखिम बढेको छ । लगातारको वर्षाले पहाडी जिल्लामा पहिरोको सन्त्रास छ । सडक निर्माण गर्ने नाममा पछिल्ला वर्षहरुमा चुरेसहित पहाडी भू–भागमा बिनाअध्ययन मनचाहिँदो तरिकाले डोजर चलिरहेका छन् । यो क्रम नरोकिए जुनसुकै बेला ठूलो क्षति ब्यहोर्नुपर्नेमा वातावरणका जानकारहरुले सचेत गराउँदै आएका थिए ।


मनपरी डोजर चलाउनाले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाएको साझा बुझाई छ । ‘अब मनपरी ढंगले बिनाअध्ययन पहाडका डाँडामा डोजर चलाउन पाइने छैन’ मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘चाँडोभन्दा चाँडो कानुन निर्माण गरेर डोजर सञ्चालन गरेर हुने मनपरी बन्द गछौं ।’


प्रदेश सरकार गठन भएयता प्रदेश विपद् व्यवस्थापन समितिको पहिलो बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको हो । प्रदेशअन्तर्गतका जिल्लाका हाल चल्दै आएका डोजरको तथ्यांक संकलन गरेर गरे डोजर सञ्चालनमा कडाई गर्न लागिएकोबारे सचेत गराउने भनिएको छ । प्राप्त जानकारीअनुसार हाल अछाममा ७२ वटा डोजर चलिरहेका छन् । अर्को जिल्ला बझाङमा ५६ वटा डोजरले सडक काट्दै छन् । बैठकले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्नुपर्ने भनेको छ ।

प्रकाशित : असार १९, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?