कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भालुको पित्तसहित दुईजना पक्राउ

मनोज बडू

दार्चुला — सोमबार बिहानै प्रहरीले महाकाली नगरपालिका–४ बाट भालुको पित्तसहित दुईजनालाई प्रक्राउ गरेको छ । बाङ्बगडबाट मुख्य बजारतिर आउँदै गरेका व्यास गाउँपालिका–६ पन्तोलीका ३६ वर्षीय धनसिंह धामीबाट ६ थान भालुको पित्त बरामद गरेको प्रहरीले जनाएको छ ।

भालुको पित्तसहित दुईजना पक्राउ

सोमबार दिउँसो भालुको पित्तसहित पक्राउ परेको दुवैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।


पित्तसहित धामीलाई पक्राउ गरेपछि उनलाई सोधपुछ गर्दा हुम्ला जिल्ला साविकको डाँडाफाई–३ बस्ने २६ वर्षिय रेकश शाहीले मगाएको बताएपछि उनलाई पनि पक्राउ गरिएको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताए ।


साधा पोशाकका प्रहरीले शंका लागेपछि धामीलाई चेक गर्दा उनले बोकेको झोलाभित्र ८९६ ग्राम तौल बराबरका ६ पित्त फेला परेको हो । ‘धामीको फोनको सहायताले पित्त साहुलाई पक्राउ गर्न सकिएको हो,’ उनले भने, ‘यसअघिका घटनामा मुख्य दोषीलाई पक्राउ गर्न अप्ठ्यारो हुन्थ्यो ।’


जिल्ला वनको क्षेत्रभित्र भालुको पित्त बरामद गरिएको हुनाले आवश्यक कारवाहीका लागि जिल्ला वनलाई बुझाइएको डिएसपी अधिकारीले बताए ।

प्रकाशित : असार २५, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?