प्रदेश ७
असार २७, २०७५

परिचयपत्र पाउनै सकस

बोगटान गाउँपालिका ४ की ६ वर्षीया तुलसी बोहराको हातबाहेक अन्य शरीरले काम गर्दैन । बोल्न पनि नसक्ने तुलसीलाई घरमै पनि उचालेर बाहिरभित्र गर्नुपर्ने बाध्यता छ ।

असार २६, २०७५

बीच सडकमा पूर्वसांसद डुबेपछि...

मंगलबार रातिदेखिको अविरल वर्षाबाट आएको बाढी र पहिरोका कारण जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने यात्रु र सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

बिचल्लीमा एचआईभी संक्रमित

दिपायल सिलगढी नगरपालिकाका ४५ वर्षीय रामबहादुर कोली (नाम परिवर्तन) एचआईभी संक्रमितत हुन् । ६ बर्ष अघि उनी संक्रमित भएका थिए । घरमा उनी एक्ला छन् । स्याहार सुसारमा सहयोग गरिरहेकी आमाको मृत्यू भएपछि उनको दैनिकी कष्टकर बनेको छ ।

वर्षामा पनि खानेपानीको चरम संकट

हिउंँद र गर्मियाममा खानेपानीको संकट भोगिरहेका बैतडीको पाटन नगरपालिका खोड्पे बजारका वासिन्दाले वर्षातमा पनि खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

सीमा बैठकबारे छलफल

नेपाल –भारत सीमावर्ती क्षेत्रका अधिकारीहरू बिच चारदिन पछि असार २८ गते दार्चुला सदरमुकाम खलंगामा हुने बैठकमा प्रस्तुत गरिने बिषय बारे आइतवार यहाँ सर्वपक्षिय छलफल भएकोछ ।

सडकभरि खाल्डाखुल्डी

बर्खामा हिलो र खाल्डा खुल्डीले यात्रा गर्न सकस । सुख्खायाममा धुलोले हैरान । यो जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी र कलुवापुर–बेलौरी सडक खण्डको वर्षाैदेखिको अवस्था हो ।

असार २५, २०७५

भालुको पित्तसहित दुईजना पक्राउ

सोमबार बिहानै प्रहरीले महाकाली नगरपालिका–४ बाट भालुको पित्तसहित दुईजनालाई प्रक्राउ गरेको छ । बाङ्बगडबाट मुख्य बजारतिर आउँदै गरेका व्यास गाउँपालिका–६ पन्तोलीका ३६ वर्षीय धनसिंह धामीबाट ६ थान भालुको पित्त बरामद गरेको प्रहरीले जनाएको छ ।

असारे विकासको चटारो

दिपायलको राजपुरमा असारको अन्तिम सातामा सडक कालोपत्रे गर्दै मर्मतको काम सुरु भएको छ । सडकको कालोपत्रेलाई पनि उप्काएर १ करोड रुपैयाँ लगानीमा भवन तथा सहरी विकास डिभिजनले पिएस कन्स्ट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराएको छ ।

ADVERTISEMENT

सीमाबाट फर्काइए बालबालिका

विद्यालयमा बर्खे बिदा सुरु भएसँगै ठूलो संख्यामा बालबालिका भारत जान लागेका छन् । अधिकांश बालबालिका कामको खोजीमा अभिभावककहांँ जाने बहानामा सीमापारि जान लागेका हुन् ।