कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बझाङमा दुई जना मृत फेला

बसन्तप्रताप सिंह

बझाङ — बझाङमा दुई जना मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ वर्षीय सुरेन्द्र विक र सोही गाउँका १७ वर्षीय विमल मिजार मृत अवस्थामा फेला परेका प्रहरी प्रहरीले जनाएको छ ।

बझाङमा दुई जना मृत फेला

घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा मृत फेला परेको प्रहरीको भनाई छ ।


घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए ।


मृतक सुरेन्द्र विकको टाउकोबाट गिद्धी निस्किएको छ भने विमल मिजारको हात भाँचिएको छ ।

प्रकाशित : असार २८, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?