प्रदेश ७
असार २९, २०७५

कैलालीमा डेढ अर्ब बजेट फ्रिज

कैलालीमा चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास आयोजनाको करिब डेढ अर्ब बजेट फ्रिज हुने भएको छ । जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको रकम फ्रिज हुँदै छ । उक्त आयोजनाको करिब २४ करोड फ्रिज हुन लागेको हो ।

लोप हुँदै महाशिर

महाकाली नदीमा पाइने माछामध्ये महाशिर सबैभन्दा ठूलो र आकर्षक प्रजाति हो । यो खानामा समेत स्वादिलो हुन्छ । तर हालका वर्षमा अवैध रूपमा माछा मार्ने, अनियन्त्रित उत्खनन कारण महाशिर लोप हुने अवस्थामा पुगेको छ ।

कर्मचारीकै घरमा बालश्रमिक

दिपायल सिलगढी नगरपालिकाले सहरीकरण भएका तीन वडालाई बालश्रम निषेधित क्षेत्र बनाउने तयारी गरेको छ । तर कर्मचारीकै घरमा बालश्रमिक भेटिँदा भने नगरले चुनौती खेपिरहेको छ ।

नौगाडमा बाढी र पहिरो

लगातारको वर्षाले नौगाड खोलामा बाढी र पहिरो आएको छ । नौगाड खोलामा मंगलबार रातिदेखि बहाव बढेपछि नदीले जमिन कटान गर्नुका साथै आधा दर्जन घरमा बाढीले क्षति पुर्‍याएको छ ।

असार २८, २०७५

बझाङमा दुई जना मृत फेला

बझाङमा दुई जना मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ वर्षीय सुरेन्द्र विक र सोही गाउँका १७ वर्षीय विमल मिजार मृत अवस्थामा फेला परेका प्रहरी प्रहरीले जनाएको छ ।

अस्पतालको सवा २ करोड फ्रिज

यहाँको महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावसँगै आवश्यक उपकरण पनि न्यून छन् । वर्षाैं पुराना बेडहरू फेर्नुपर्ने छ । तर उपकरण र नयाँ बेड खरिदका लागि आएको रकम भने फ्रिज हुने भएको छ ।

कामै नगरी लाखौं भुक्तानी

अतिवृष्टि र अनावृष्टि, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले पुर्‍याउने क्षति नियन्त्रणका लागि काम गर्ने जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजनअन्तर्गत बैतडीका दर्जनौं योजनामा काम नगरेरै बिल भुक्तानी गरिएको छ ।

असार २७, २०७५

परिचयपत्र पाउनै सकस

बोगटान गाउँपालिका ४ की ६ वर्षीया तुलसी बोहराको हातबाहेक अन्य शरीरले काम गर्दैन । बोल्न पनि नसक्ने तुलसीलाई घरमै पनि उचालेर बाहिरभित्र गर्नुपर्ने बाध्यता छ ।

असार २६, २०७५

बीच सडकमा पूर्वसांसद डुबेपछि...

मंगलबार रातिदेखिको अविरल वर्षाबाट आएको बाढी र पहिरोका कारण जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने यात्रु र सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

ADVERTISEMENT

बिचल्लीमा एचआईभी संक्रमित

दिपायल सिलगढी नगरपालिकाका ४५ वर्षीय रामबहादुर कोली (नाम परिवर्तन) एचआईभी संक्रमितत हुन् । ६ बर्ष अघि उनी संक्रमित भएका थिए । घरमा उनी एक्ला छन् । स्याहार सुसारमा सहयोग गरिरहेकी आमाको मृत्यू भएपछि उनको दैनिकी कष्टकर बनेको छ ।

वर्षामा पनि खानेपानीको चरम संकट

हिउंँद र गर्मियाममा खानेपानीको संकट भोगिरहेका बैतडीको पाटन नगरपालिका खोड्पे बजारका वासिन्दाले वर्षातमा पनि खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ ।

सीमा बैठकबारे छलफल

नेपाल –भारत सीमावर्ती क्षेत्रका अधिकारीहरू बिच चारदिन पछि असार २८ गते दार्चुला सदरमुकाम खलंगामा हुने बैठकमा प्रस्तुत गरिने बिषय बारे आइतवार यहाँ सर्वपक्षिय छलफल भएकोछ ।

सडकभरि खाल्डाखुल्डी

बर्खामा हिलो र खाल्डा खुल्डीले यात्रा गर्न सकस । सुख्खायाममा धुलोले हैरान । यो जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी र कलुवापुर–बेलौरी सडक खण्डको वर्षाैदेखिको अवस्था हो ।