१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

अछाममा ८ वर्षीया बालिका बलात्कृत

मेनुका ढुंगाना

अछाम — अछामको साँफेबगर नगरपालिकामा एक ८ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । 

अछाममा ८ वर्षीया बालिका बलात्कृत

बालिकाकी आमा रोपाइ गएको मौका छोपेर २ वर्षे बहिनीकी गोठाली बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेकाे पीडित परिवारले बताएको छ ।


‘म घरमा बहिनीलाई हेरेर बसेकी थिएँ, घरमा आएर पहिले पानी मागे ,त्यसपछि घर भित्र जाउँm भने म जान मानिनँ । जबरजस्ती तानेर घरको माथिल्लो तलामा लगेका हुन् ।’ पीडित बालिकाले भनिन् ,‘कसैलाई नभन्नु पैसा दिन्छु समेत भनेको हो ।’


भारतमा रहेका बालिकाका बुवा र बाजुरमा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले बताइन् ।


बालिकाको योनीमा घाउ भएर संक्रमण भएर उपचार भइरहेपनि अवस्था कठिन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । असार २८ गतेबाट उपचारमा रहेकी बालिकालाई थप रगत आवश्यक भएकाले रगत दिइएको स्वास्थ्यकर्मीको भनाइ छ ।


बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । अछाम प्रहरीका अनुसार समयमै आफूहरुलाई जानकारी नआएका कारण आरोपी भागेर भारत गइसको बताएको छ ।‘हामीले नेपालभर आरोपीको हुलियासहितको खोजी गरिरहेका छौँ, भारतमा भएपनि थप प्रक्रियामा जानेछौँ ।’ अछाम प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले भने ।

प्रकाशित : असार ३०, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?