खोलामा बगेर दुई बालिकाको मृत्यु

बसन्तप्रताप सिंह

बझाङ — बाउलीगाड खोलामा बगेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ विद्यालयबाट घर फर्कंदा काठे साँघु तर्ने क्रममा भाँचिएपछि उनीहरु खोलामा खसेका थिए । 

खोलामा बगेर दुई बालिकाको मृत्यु

खोलामा खसेकी सुर्मा गाउँपालिका-२ की १४ वर्षीया विमला बोहराको शव शुक्रबार नै फेला परेको थियो भने ८ वर्षीया रिनु बोहराको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रिनुको शव साँघुबाट झण्डै ४ किलोमिटर तल फेला पारिएको थियो । मृतक दुवै बालिका स्थानीय आधाबगर माध्यमिक विद्यालयमा अध्यनरत थिए ।


दुवै शव जिल्ला अस्पताल बझाङमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको डिएसपी कृषिराम कँडेलले बताए ।

प्रकाशित : असार ३०, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?