बेपत्ता युवतीको शव भेटियाे

रासस

भीमदत्तनगर — छ दिनदेखि परिवारको सम्पर्क बाहिर रहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको शव फेला परेको छ । 

प्रतिकात्मक तस्बिर

कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन्। किनमेलमा गएकी छोरी सम्पर्कमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए।

खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेकोशव भेटाएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गरे। उनले घटनामा संलग्न रहेकाे अाश‌ंकामा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएकोबताए। प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ।

त्यसैगरी केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका–३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो।

उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन। सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित : असार ३२, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

साँघुरियो खुलामञ्च

कान्तिपुर संवाददाता

काठमाडौँ — खुलामञ्च राजधानीको मुटुमा रहेको एक मात्र खुलास्थल । राजनीतिक परिवर्तनदेखि अन्य धेरै प्रकारका साँस्कृतिक अवयवहरुको साक्षी बन्दै आएको ठाउँ । 

केही वर्षयता यसलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न अतिक्रमण तिब्र पारिएको छ । राजनीतिक दलका आमसभा गर्नेदेखि ठूला सभा समारोह गर्ने र विभिन्न जातजातिका साँस्कृतिक पर्वहरु मनाउँदै आएको खुलामञ्चमा अव त्यसका लागि ठाउँ छैन । केही अघि सरकारले राजधानीमा प्रदर्शन गर्ने स्थानहरु तोक्दा खुलामञ्च पनि तोकिएको थियो । तर, अहिले त्यसका लागि पनि ठाउँ छैन ।

यसको आधा भागमा सहरी वसपार्क बनाइएको छ । पुरानो बसपार्कमा बहुउदेश्यीय भवन बनाउने योजना बनेदेखि नै यहाँ पुरानो बसपार्क सारिएको हो ।

त्यसपछि मञ्च रहेको भागसहितको क्षेत्रमा सार्वजनिक पार्किङस्थल बनाइएयो । यसको ठूलो हिस्सामा अहिले नजिकै बन्दै गरेका सैनिक अस्पताल र वीर अस्पतालका निर्माण सामग्री थुपारिएका छन् । तस्बिरहरु : सुरविन्द्रकुमार पुन/कान्तिपुर ।


प्रकाशित : असार ३२, २०७५ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्