१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्घटनामा आमा छोरीको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरियामा दुई सवारी साधन जुध्दा आमा छोरीको मृत्यु भएको छ ।

दुर्घटनामा आमा छोरीको मृत्यु

दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका-४ की २६ वर्षीया रिना चौधरी र उनकी १ वर्षीया छोरी रिदम रहेकी छन् ।


मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ गईरहेको बा ५१ च ४९१८ नम्बरको म्याजिक अत्तरियाबाट महेन्द्रनगरतर्फ आईरहेको मे १ ज २५० नम्बरको हायससँग ठोक्किएको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेटीका अनुसार रिना आफ्नै श्रीमान दिल बहादुरले चलाएको म्याजिकमा बसेकी थिइन् ।


उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दिल बहादुरको अवस्था समेत गम्भीर रहेको उनले जानकरी दिए ।

प्रकाशित : श्रावण १, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?