१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेशसभा बैठक लगातार स्थगित

अर्जुन शाह

धनगढी — प्रदेश ७ को प्रदेशसभा बैठक सोमबार सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभा बैठक लगातार स्थगित
शुक्रबारको बैठक अवरुद्ध भएपछि सोमबारका लागि डाँकिएको थियो ।

अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु पुरा हुनुपर्ने र केसीको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गर्दै आएको छ । यसअघि शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

सोमबारका लागि बोलाइएको बैठकमा समेत कांग्रेस सांसदहरुले विरोध जारी राख्ने भएपछि बैठक स्थगित भएको हो ।

प्रकाशित : श्रावण ७, २०७५ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?