कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बालिकाको बलात्कारपछि हत्या

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । भीमदत्त–२ की १३ वर्षीया निर्मला पन्तको बिहीबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । 

बालिकाको बलात्कारपछि हत्या

निर्मलाको शव शुक्रबार महेन्द्रनगर–उल्टाखाम सडक छेउमा रहेको उखुबारीमा भेटिएको हो । साथीको घर जान्छु भनेर गएकी उनी बिहीबार साँझदेखि बेपत्ता थिइन् ।

शुक्रबार बिहान खोजी गर्दा बाटो छेउमै उनको साइकल देखिएपछि उखुबारीमा हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञान बहादुर सेठीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको देखिन्छ,’ डीएसपी सेठीले भने, ‘१/२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’ उनका अनुसार निर्मालाको शरीरमा घाउचोट छैन । उनको शव उखुबारीमा पानीमा भेटिएको हो ।

प्रकाशित : श्रावण ११, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?