प्रदेशसभामा बालिका हत्या घटनाको चर्चा 

अर्जुन शाह

धनगढी — सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको समझदारीपछि सातादिनदेखि रोकिएको प्रदेशसभा बैठक आइतबार सञ्चालन भएको छ । 

प्रदेशसभामा बालिका हत्या घटनाको चर्चा 

बैठकमा गत बिहीबार कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रदेशसभा सदस्यहरुले गम्भीर चासो व्यक्त गर्दै घटनाको छानविन गर्नुपर्ने बताए ।


बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी गराउदै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।


भीमदत्त नगरपालिका–२ की निर्मलाको बिहीबार हत्या गरिएको अवस्थामा निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो ।


मन्त्री शाहले उक्त अपराधमा संलग्नहरु कुनैपनि हालतमा उम्कन नपाउने बताए । बैठकको सुरुमै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरु रणबहादुर रावल, देवकी मल्ल, प्रकाश रावल र तारा लामा तामाङले निर्मला हत्या लगायत शान्ति सुरक्षाको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।


सांसदहरुले उठाएका जिज्ञासाहरु समेट्दै मन्त्री शाहले भने ‘पछिल्लो समयमा अपराधिक घटनाहरु बढेका भएपनि संलग्नहरु उम्किन दिएका छैनौँ ।’ मन्त्री शाहले प्रदेश सरकारबाट सुरक्षा निकाय परिचालनका लागि प्रदेश कानुन नभएको संक्रमण अवस्थाको फाइदा उठाउदै अपराधीहरुले टाउको ठड्याएको बताए ।

प्रकाशित : श्रावण १३, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?