कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति

अर्जुन शाह

धनगढी — प्रदेशसभा बैठकले सोमबार प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति गबनाएको छ । नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको हो । 

प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति

सुझाव समिमिमा बल्देव रेग्मी, चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, श्यामलाल राना थारु सदस्य रहेका छन् । दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश ७ को नाम र राजधानी तोक्न प्रदेशसभा सचिवालयमा छलफलको प्रस्ताव दर्ता गराएको थियो । विशेष सुझाव समितिलाई यही साउन २१ भित्र सुझाव पेश गर्न भनिएको छ ।


लामो समयसम्म प्रदेश सरकारले दर्ता गरिएको छलफल प्रस्तावमाथि औपचारिक छलफल नै सुरु नगरेको भन्दै प्रतिपक्षी सांसदहरु रुष्ट थिए । प्रस्ताव दर्ता गराएका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘यो काम सरकारको दायित्व भएकाले छलफलको प्राथमिकता रहनु पर्ने हो, ढिला भयो ।’


संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशको नाम तथा राजधानी तोक्न प्रमुख प्रतिपक्षी दल कांग्रेस कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।


प्रदेशको नामाकरणमा प्रदेशसभा सदस्यहरुबीच चर्को मतान्तर नदेखिएको भएपनि स्थायी राजधानी तोक्ने विषयमा भने सांसदहरुका फरकफरक धारणाहरु छन् । यस प्रदेशको नामाकरणका विषयमा धेरै ठूलो विवाद नरहेको प्रदेशसभा सदस्यहरु बताउँछन् । तर राजधानीका सन्दर्भमा भने सांसदहरुबीच गहिरो मतान्तर रहेका एक सांसदले बताए । खप्तड र सेती महाकाली दुई वटा मध्ये कुनै एउटामा सहमति हुनसक्ने सम्भावना रहेको प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बताए । ‘खड्काले भने, ‘स्थायी राजधानीका विषयमा धेरैका भित्री खेलहरु देखिन्छन् ।’


प्रदेश राजधानीका सवालमा सत्तारुढ दलकै सदस्यहरुबीच चर्को मतान्तर छ । केही सांसदहरु दिपायलमै प्रदेशको स्थायी राजधानी हुनुपर्नेमा अडिग देखिन्छन् । भने केही तराईमै हुनुपर्नेमा दृढ देखिन्छन् । प्रदेशसभाको संख्याका आधारमा तराइमै हुनुपर्ने तर्कगर्नेहरुको संख्या बढी देखिन्छ । तराईमै हुनुपर्नेमा अडिग रहेकाहरु अत्तरिया आसपासको क्षेत्रलाई स्थायी राजधानी राख्ने लाइनमा देखिएका छन् ।


प्रकाशित : श्रावण १४, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?