प्रदेश ७
श्रावण १७, २०७५

पहिरोले लग्यो विद्युत्‌गृह

सडक निर्माणपछि खस्न थालेको पहिरोले सुर्मा गाउँपालिकाको एउटा लघु जलविद्युत आयोजना बगाएको छ । सडकका कारण विभिन्न ठाउँमा पहिरो खस्न सुरु भएपछि स्थानीयका २० घरसमेत जोखिममा परेका छन् ।

काम ढिलो भयो विद्युत् आयोजनाको

एक अर्बको लगानीमा निर्माणाधीन सालमुनी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ३.३३ मेगावाट विद्युत् उत्पादन क्षमताको उक्त आयोजना डोटीकै सबैभन्दा ठूलो आयोजना हो ।

गरिब परिचय–पत्रको छानबिन

धनीको हातमा गरिबको परिचय–पत्र वितरण हुन पुगेपछि धनगढी उपमहानगरपालिकाले समिति नै गठन गरेर छानबिन गर्ने भएको छ । छुटेका गरिब घरपरिवारले परिचय–पत्र पाउने उपमहानगर प्रमुख नृपबहादुर वडले बताएका छन् ।

सुरु भयो देउडा

गौरापर्व प्रदेश ७ मा मनाइने मुख्य चाड हो । गौरा नजिकिँदै गर्दा गाउँघरमा चहलपहल पनि बढ्न थालेको छ । यस पर्वमा खेलिने मुख्य खेल डेउडा सुरु भइसकेको छ । खेतीपाती गरेर फुर्सदिला भएका किसान यतिबेला डेउडामै थकान मार्न थालेका छन् ।

श्रावण १६, २०७५

सिन्डिकेट यथावत्

सरकारले यातायात समिति खारेज गर्दै सिन्डिकेट अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । प्रदेश ७ को कञ्चनपुरमा रहेका यातायात व्यवसायी समितिहरूले अहिले पनि पुरानै शैलीबाट काम गरिरहेका छन् ।

ADVERTISEMENT

महाकालीको तटबन्ध कटान

गत सातादेखि सुरु भएको महाकालीको तटबन्ध कटान अझै रोकिएको छैन । तटबन्ध कटान गरेको ठाउँमा तारजालीमा ढुंगा भरेर रोकथामको काम भइरहे पनि नदीले निरन्तर कटान गरेको छ ।

श्रावण १५, २०७५

तीन वर्षदेखि बलेन बिजुली

यहाँको सायल गाउँपालिका तीन वर्षदेखि अन्धकारमा छ भन्दा सायदै कसैले पत्याउलान् । कुनै बेला झिलिमिली गाउँका रूपमा चिनिने सायल गाउँपालिका तीन वर्षयता अन्धकारमा छ ।

श्रावण १४, २०७५

प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति

प्रदेशसभा बैठकले सोमबार प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति गबनाएको छ । नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको हो । 

सीमामा लुटिए नेपाली

भारतबाट घर फर्किन लागेका ३ नेपाली कामदार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नगरपालिका–१ चांँदनीमा बेहोस अवस्थामा भेटिएका छन् । उनीहरूलाई नशालु पदार्थ खुवाएर बेहोस बनाएर लुटिएको प्रहरीले जनाएको छ ।

‘किशोरी हत्या छानबिन’

डा. .केसीको अनशनका कारण अवरुद्ध हँुदै आएको प्रदेशसभा बैठक आइतबारदेखि सुरु भएको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले बिहीबार कञ्चनपुरकी १३ वर्षीयाको बलात्कारपछि हत्या भएको घटनामा प्रदेशसभा सदस्यहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

वर्षामै छैन खानेपानी

शैल्यशिखर नगरपालिका ८ झरकाँडाकी जानकी जोशी बिहानै गाग्री बोकी पानीको जोहो गरिरहेकी थिइन् । लामो झरी नपर्दा साउनको तेस्रो सातामा पनि पानीका मूलहरू नफुट्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।