प्रदेश ७
श्रावण २३, २०७५

नगदै सामाजिक सुरक्षा भत्ता

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने नीति लिएको छ । तर, प्रदेश सातका दुर्गम क्षेत्रमा अहिले पनि स्थानीय तहले नगद वितरण गर्दै आएका छन् ।स्थानीय तहमा बैंक नभएपछि सामाजिक सुरक्षा भत्ता नगद वितरण गर्नु बाध्यता भएको जनप्रतिनिधिको भनाइ छ ।

दोषी पत्ता लगाउन दिनहुँ प्रदर्शन

किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको महेन्द्रनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ । शव भेटिएकै दिनदेखि हत्यारा पत्ता लगाउन माग राख्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

श्रावण २२, २०७५

पूरा नहुँदै भत्कियो पुल

गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण डडेलधुरा र बैतडीका ६ वटा स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै ५ दिनअघि भत्किएको छ । डडेलधुराका भागेश्वर र अजयमेरु गाउँपालिका सीमानामा रहेको सेरा गाडमा निर्माणाधीन पक्की पुल भत्किएको हो ।

एक महिनामा बलात्कारका ५ उजुरी

दुई साताअघि भएको १३ वर्षीया किशोरीको हत्या प्रकरण सेलाउन पाएको छैन । यही बीचमा थप दुई बालिकामाथि बलात्कारको प्रयासले स्थानीयलाई झन् त्रसित र चिन्तित बनाएको छ ।

श्रावण २१, २०७५

जडीबुटी प्रशोधन केन्द्र बन्दै

प्रदेश ७ कै पहिलो जडीबुटी प्रशोधन केन्द्र धनगढीको कनरीमा निर्माण हुँदै छ । प्रशोधन केन्द्र सञ्चालन भएपछि हालसम्म कौडीको मूल्यमा बिक्री भएका जडीबुटीबाट कैयौं बढी आम्दानी हुने व्यवसायी बताउँछन् ।

परीक्षण उडानमै सीमित

साँफेबगर विमानस्थलमा परिक्षण उडान गरिएको २ महिना बितिसक्ता पनि नियमित उडानको लागि अझै हुन सकेको छैन । जेठ ११ गते साँफेबगर विमानस्थलमा हवाइ उडान परीक्षण गरिएको थियो ।

बाख्रापालनले उकास्यो आम्दानी

दुहु गाउँपालिका ५ का मानसिंह बडालले बाख्रा बिक्रीबाट वर्षदिनमा १ लाख १५ हजार कमाए । असारसम्म ९० हजारका बाख्रा बेचे । साउनमा उनले २५ हजार बराबरका बाख्रा बेचेका छन् ।

श्रावण २०, २०७५

राजधानीको चर्चाले बढ्यो कारोबार

प्रदेश–७ को स्थायी राजधानी र नामको बहस सुरु भएलगत्तै सम्भावित गोदावरी नगरपालिकामा घरजग्गा कारोबारीले घरघडेरीको मूल्य बढाउने र प्लटिङ गरेर बिक्री गर्न सुरु गरेका छन् ।

टीकापुरमा घट्यो व्यापार

‘टीकापुर घटनाले आक्रान्त बनेको टीकापुर अझै तंग्रिन सकेन’ शनिबार बिहान खडक चोक नजिकै रहेको आफ्नो साइकल पसल खोल्दै गरेका द्वारिका तिमिल्सिनाले चियाको अफर गर्दै भने ।

ADVERTISEMENT

भित्रिए धान–गहुँ काट्ने, चुट्ने मेसिन

चैते धान जेठ अन्तिमदेखि असार दोस्रो सातासम्म पाक्छ । उक्त समयमा वर्षाका कारण भित्र्याउन निकै समस्या हुन्छ । अझ खेत हिलो हुने भएकाले धेरै टाढासम्म बोकेर सुकाउन लैजानुपर्छ ।