सुदूरपश्चिम

Pradesh-7

चमेलियाबाट बालुवा चोरी

दार्चुला र बैतडीको सीमामा पर्ने चमेलिया (चौलानी) नदीबाट अवैध रूपमा बालुवा चोरी निकासी भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ३ गाँजरी र बैतडीको डिलासैनी गाउँपालिका ५ रुद्रपुर नजिकबाट स्थानीय तहलाई थाहै नदिई बालुवा चोरी निकासी बढेको हो । ठेकेदार कम्पनीले अनुमतिबिना चौलानी नदीबाट बालुवा झिकेर बैतडीको करकलेमा जम्मा गरेको छ ।

चमेलियाबाट बालुवा चोरी

मौसम बदली भए सञ्चार सम्पर्कविहीन

मौसम बदली भएपछि सोमबार अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका सबै सञ्चार उपकरण बुधबार दिउँसोबाट सुचारु भएका छन् । नेपाल टेलिकमका सबै सेवा भने मौसममा निर्भर छन् ।

मौसम बदली भए सञ्चार सम्पर्कविहीन

जथाभावी फोहोर फ्याँक्दै

प्रदेश ७ का प्रमुख चार नगरपालिकाहरूको फोहोर व्यवस्थापनका लागि निर्माण गर्ने भनेको ल्यान्ड फिल साइट स्थानीयवासीको विरोध र विवादका कारण अघि बढ्न सकेको छैन ।

जथाभावी फोहोर फ्याँक्दै
श्रावण २४, २०७५

बाढी–पहिरो रोक्न जैविक तटबन्ध

कर्णाली नदी किनारको क्षेत्रमा नदीको बहाव बढ्ने क्रमसँगै खेतीयोग्य जमिन तीव्ररूपले कटान हुन थालेको छ । पक्की तटबन्ध नभएको ठाउँमा नदी कटान बढेको हो ।

बाढी–पहिरो रोक्न जैविक तटबन्ध

पहिराेले पैदल बाटो हिँड्न पनि कठिन

रामारोशन गाउँपालिका–७ सुतारमा २ वर्षको अवधिमा ग्रामीण सडकबाट खसेको पहिरोमा परी ६ बालबालिकाको मृत्यु भइसकेको छ । गत वर्ष सुतारका स्थानीय कृष्ण सिंहकी ५ वर्षीया छोरी पूजा सिंहको सडकमा खस्दै गरेको पहिरोको ढुंगा लागेर ज्यान गयो ।

पहिराेले पैदल बाटो हिँड्न पनि कठिन

भीमदत्त संग्रहालय बन्दै

सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकाको कारीगाउँमा संग्रहालय र आदर्श बस्ती निर्माण कार्य सुरु गरिएको छ । सरकारले पहिलो पटक विकास बजेट छुट्याएर सहिद पन्तको नामबाट संग्रहालय र आदर्श ग्राम निर्माण सुरु गरेको हो ।

भीमदत्त संग्रहालय बन्दै

डेड महिनादेखि नेटवर्क समस्या

बझाङमा भएका मोवाइल सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या हुन थालेको छ । असारको दोस्रो साता देखी दैनिक १८ घण्टा सम्म मोबाइल र ल्यान्डलाइन सेवा अवरुद्ध हुन थालेपछि सिंगो जिल्ला नै सञ्चार सम्पर्क विच्छेद हुन थालेको हो ।

डेड महिनादेखि नेटवर्क समस्या

दम्पती नै बने जग्गाधनी

मष्टा गाउँपालिका–२ मेलखेतकी जमुना ओखेडा सोमबार खुसी थिइन् । हातमा जग्गाधनी प्रमाणपुर्जा लिएर श्रीमान् किथ्थु ओखेडासँगै मालपोत कार्यालयको गेटबाट उनी निस्किँदा खुसी भएकी हुन् ।

दम्पती नै बने जग्गाधनी
श्रावण २३, २०७५

नगदै सामाजिक सुरक्षा भत्ता

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने नीति लिएको छ । तर, प्रदेश सातका दुर्गम क्षेत्रमा अहिले पनि स्थानीय तहले नगद वितरण गर्दै आएका छन् ।स्थानीय तहमा बैंक नभएपछि सामाजिक सुरक्षा भत्ता नगद वितरण गर्नु बाध्यता भएको जनप्रतिनिधिको भनाइ छ ।

नगदै सामाजिक सुरक्षा भत्ता

दोषी पत्ता लगाउन दिनहुँ प्रदर्शन

किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको महेन्द्रनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ । शव भेटिएकै दिनदेखि हत्यारा पत्ता लगाउन माग राख्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

दोषी पत्ता लगाउन दिनहुँ प्रदर्शन