१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भन्सार छलीका सामान बरामद

अर्जुन शाह

धनगढी — धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले भन्सार छली गरेर ल्याइदै गरेका ४ लाख बराबरका सामान बरामद गरेको छ ।

भन्सार छलीका सामान बरामद

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–१० घुइ्याघाट सालघारीबाट धनगढीतर्फ अवैध रुपमा पैठारी हुन लागेका करिब ४ लाखका हार्डवेयरका सामग्रीहरु बरामद गरेको शसस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले बताए ।


सीमा पारिका भारतीय नागरिकले ती सामग्रीहरु घुइ्याघाट सालघारीस्थित नेपालीको घर पछाडि ओसार्दै गरेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । समान ओसार्ने ब्यक्ति भने भागेको प्रहरीले जनाएको छ ।


प्रदेश ७ को मुख्य भन्सार नाका धनगढीको त्रिनगरबाट दैनिक औसत १० देखि १५ करोड बढीको व्यापारिक सामान राजश्व छलेर भित्रिने गरेको अनुमान छ । सुरक्षाकर्मी, भन्सार कर्मचारी र ब्यापारीहरुको सेटिङमा भन्सार राजश्वमा छली हुने गरेको आरोप लाग्दै आएको छ । अवैध पैठारीबाट दैनिक झण्डै ३० लाख हाराहारीमा राजश्व गुमिरहेको छ ।


प्रदेशकै मुख्य ब्यापारिक केन्द्र सबैजसो सामान धनगढीमा पाइन्छ । तर बैधानिक रुपमा आयात हुने सामानको परिमाण भने न्यून छ । जिल्लाका बिभिन्न नाकाबाट राजश्व छलेर सामान ल्याउने गरे पनि लेखाजोखा नभएको भन्सार कर्मचारी नै बताउँदै आएका छन् ।


भन्सार प्रशासनका अनुसार कपडाको राजश्व संकलन न्यून छ । निमित्त प्रमुख गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढीका एक ब्यापारीले मात्रै फाट्टफुट्ट कपडा ल्याउँछन्, अरु सबै अवैध तरिकाले आएको हो ।’ खुला सीमाना भएकाले भन्सार प्रशासनले नियन्त्रण गर्न नसक्ने उप्रेतीले बताए ।


चोरी पैठारी भएर बजारमा आउने सामग्री नियन्त्रण गर्न सम्बन्धित सबै पक्ष सक्रिय र जिम्मेवार हुनुपर्ने उप्रेतीले बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?