पहिरोले घर भत्काउँदा नाबालकको मृत्यु, दुई घाइते 

बसन्तप्रताप सिंह

बझाङ — पहिरोले घर भत्किँदा एक महिने शिशुको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–३ मैतोलीको रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो ।

पहिरोले घर भत्काउँदा नाबालकको मृत्यु, दुई घाइते 

आइतबार बिहान ६ बजे तिर घर माथी बाट आएको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो । घर भत्किँदा अरु दुई बालबालिका घाइते भएका छन् ।

घर भित्र सुताएका नाबालकको पहीरोमा च्यापीएर घटनास्थलमा नै मृत्यु भएको र अर्काे कोठामा खेलिरहेका ४ वर्षीया संगीता विष्ट र २ वर्षीया धौली विष्ट घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले विस्टको घरको एकातर्फको आधा भाग भत्काएको थियो ।


पहिरोमा परेका बालिकाहरु भने अर्काे तर्फको कोठामा रहेका कारण सामान्य घाइते भएका छन् । उनिहरु दुबैको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


बैशाख महिना यता बझाङमा पहीरोमा परी १५ जनाले ज्यान गुमाई सकेका छन् । हाल सम्म थलारा गाउँपालिकाका एकै परिवारका ४ जान सहीत ७ जना, यस्तै जयपृथ्वी नगरपालीकाको जयपृथ्वी राजमार्गमा पहीराले जीप बगाउदा ३ जना, खप्तड छान्ना गाउँपालीकाको बयानाका एकै परीवारका ३ सहीत ४ जना गरी १५ जनाको मृत्यु भएको छ ।


यि मध्ये अधिकांसले जथाभावि निर्माण गरेका ग्रामिण सडकबाट खसेको पहिरोमा परि ज्यान गुमाएका थिए । गत हप्ताको आइतबार देखी लगातार झरी परिरहेकाले जिल्लामा बाढी पहिरोको त्रास कायमै छ ।


प्रकाशित : श्रावण २७, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?