कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित भन्सारका कर्मचारी पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका एक कर्मचार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले मंगलबार नायब सुब्बा रामप्रसाद भट्टराईलाई १० हजार घूस रकमसहित पक्राउ गरेको हो ।

घूससहित भन्सारका कर्मचारी पक्राउ

‘भन्सार लाग्ने सामान १० हजार लिएर छाडेको पाइयो’ अख्तियारका डिएसपी प्रेमसागर केसीले भने, ‘सेवाग्राहीले दिएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।’


पक्राउ परेका नासु भट्टराईबारे थप अनुसन्धान गरी बुधबार केन्द्रीय कार्यालय पठाइने उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?