१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

बसन्तप्रताप सिहं

बझाङ — युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार प्रयासको आरोपमा मष्टा गाउँपालिका–२ का २५ वर्षीय दिपक फडारालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

उनले जंगलमा घाँस काटिरहेकी एक १९ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेका थिए । युवतीले प्रतिकार गरेका कारण बलात्कार हुन नपाएको प्रहरीले जनाएको छ । बलात्कारको प्रयास गर्ने युवकसँग प्रतिकार गर्ने क्रममा युवतीको लुगाहरु च्यातिएको र शरिरमा सामान्य चोट लागेको प्रहरी निरिक्षक मिनबहादुर साउदले बताए ।

बलात्कारको प्रयास भए लगतै युवती चिच्याउँदै प्रतिकार गरेका कारण फडारा भागेका थिए । पीडित युवतीको मौखिक निवेदनका आधारमा बलात्कार प्रयास गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार प्रयास गर्नेलाई जबरजस्तीकरणी प्रयास सम्बन्धी मुद्दा चलाउने तयारी भैरहेको निरिक्षक साउदले बताए ।


प्रकाशित : भाद्र ५, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?