१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घोल्जरमा एक व्यक्ति मृत फेला, हत्या आशंकामा अनुसन्धान 

मनोज बडू

दार्चुला — मार्मा गाउँपालिका १ घोल्जरमा मृत भेटिएको पुरुषको हत्या भएको आशंका गरिएको छ । सोमबार राती घरमा एक्लै सुतेका ४५ वर्षीय अंगबिसिंह ठगुन्ना मृत अवस्थामा फेला परेका थिए । मृतकको शरीरमा चोट, घाउ र घटनास्थल वरिपरि रगत भएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घोल्जरमा एक व्यक्ति मृत फेला, हत्या आशंकामा अनुसन्धान 

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घोल्जर पुगेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लटिनाथको टोली मंगलबार दिउसो र जिल्ला प्रहरीको टोली हिजो दिउसो अबेर घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बुधबार बिहान घटनास्थलको मुचुल्का तयार पारी र सर्जमिन गरेर शवको पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल ल्याईरहेको दार्चुलाका डिएसपी नवराज अधिकारीले जानकारी दिए । ‘घटना निकै शंकास्पद देखिएपछि खलंगा, गोकुलेश्वर र लटिनाथबाट ठुलो संख्यामा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको छ’ उनले भने, ‘घटनाको बारेमा मंगलबारदेखि नै अनुसन्धान थालिएको र अहिलेसम्म प्रगति भने केहि हुन सकेको छैन ।’ घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएपनि अहिले नै एकिन भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।


प्रहरी निरीक्षकहरुको टोली घटनास्थलमा पुगेर रिपोर्ट आइसकेपछिमात्रै घटनाको बारेमा यथार्थ जानकारी प्राप्त हुने छ । इप्रका लटिनाथको टोली हिजो दिउसो नै घटनास्थल पुगेपनि जिल्लाबाट गएको टोली पुगेपछि घटनाको अनुसन्धान थालेको हो । घटनास्थल जिल्लाकै विकट र सञ्चारको राम्रो पहुँच नभएको क्षेत्र भएको कारण पछिल्लो जानकारी प्राप्त गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?