२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
सुदूरपश्चिम

Pradesh-7

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

निर्मला पन्तको बलात्कार पछि भएको हत्याको घटनाको विषयलाई लिएर बझाङमा पनि प्रदर्शन गरिएको छ । सदरमुकाम चैनपुर बजारमा नारा जुलुससहित महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई पत्ता लगाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

बगर बने जिउला

दस वर्षअघिसम्म जयपृथ्वी नगरपालिकाको रुइनाबगरकी शंखधारा जोशीको परिवार ‘हुने खानेमा’ गनिन्थ्यो । छानापरीमा रहेको १० रोपनी खेतमा वार्षिक २५ क्विन्टल धान फल्थ्यो । त्यो उत्पादनले खानलाई छेलोखेलो थियो ।

बगर बने जिउला

महँगा गाडीमा जनप्रतिनिधि

स्थानीय तहका जनप्रतिनिधिमा गाडी मोह झ्यागिँदै गएको छ । एक वर्ष नबित्दै अधिकांश पदाधिकारी गाडी र मोटरसाइकल खरिदमा लागेका छन् । उनीहरू विकासे बजेट खर्चेर सवारी खरिद गरिरहेका हुन् ।

महँगा गाडीमा जनप्रतिनिधि

चौरमै पहिरोपीडित

गत शुक्रबार राति घर माथिबाट आएको पहिरोमा पुरिएर बूढीगंगा–१ कुँडीकी ४५ वर्षीया कला परीको च्यापिएर मृत्यु भयो । पति नन्दे गम्भीर घाइते छन् । पहिरोको जोखिमले गाउँका १ सय ३५ परिवार विस्थापित भएका छन् ।

चौरमै पहिरोपीडित
भाद्र ८, २०७५

जयपृथ्वी जयन्ती : विभूति घोषणा गर्न हस्ताक्षर

बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती जिल्लाभर धुमधामसँग मनाइएको छ ।

जयपृथ्वी जयन्ती : विभूति घोषणा गर्न हस्ताक्षर

सुरु भयो बिरिजात मेला

पाँच दिनसम्म चल्ने जिल्लाकै प्रसिद्ध बिरिजात मेलाको रौनक सुरु भएको छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थ यात्रीहरू बिहीबार सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

सुरु भयो बिरिजात मेला

व्यवस्थापनका नाममा फँडानी रोकिने

वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फँडानी कार्यलाई प्रदेश ७ को अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले रोक्ने निर्देशन दिने तयारी गरेको छ । समितिले वैज्ञानिक व्यवस्थापनका नाममा वन क्षेत्रको दोहन भइरहेको बताएको छ ।

व्यवस्थापनका नाममा फँडानी रोकिने
भाद्र ७, २०७५

किशोरी बलात्कार र हत्या प्रकरणः प्रदेश सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

प्रदेश सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणः प्रदेश सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

जनप्रतिनिधिलाई स्थानीयको प्रश्न– ‘जिल्ला नरहे राजनीति कहाँ गर्नुहुन्छ ?’

‘कैयौं परिवार सुकुम्बासी भइसकेका छन्, सयौं परिवारको भात खाने खेत बगर बनाइसक्नु भयो । दर्जनौं गाउँ जोखिममा छन्, पानी पर्दा बाहिर हिँड्न सक्ने अवस्था छैन,’ जयपृथ्वी नगरपालिकाका धर्मजंगबहादुर सिंहले भने, ‘जताततै पहिरै पहिरा सुरु भएका छन, हिँड्दा कहाँनेर बाटो भत्किएर मरिन्छ भन्ने अवस्था छ । भोलि जिल्लै रहेन भने तपाईंहरू कहाँ गएर राजनीति गर्नुहुन्छ ?’

जनप्रतिनिधिलाई स्थानीयको प्रश्न– ‘जिल्ला नरहे राजनीति कहाँ गर्नुहुन्छ ?’

३ दिनमा ३ मृत फेला

जिल्लाका विभिन्न स्थानमा ३ दिनमा ३ जना मृत फेला परेका छन् । राति घरमा एक्लै सुतेको अवस्थामा मार्मा गाउँपालिका १, घोल्जरमा ४५ वर्षीय अंबिरसिंह ठगुन्ना मृत अवस्थामा भेटिए ।

३ दिनमा ३ मृत फेला

जनप्रतिनिधिको सवारीसाधन मोह

कञ्चनपुरको भीमदत्त नगरपालिकामा जनप्रतिनिधिहरूले कार्यभार सम्हालेकै वर्ष सबै वडाध्यक्षलाई १/१ मोटरसाइकल दिइएको थियो । निर्वाचित भएर कार्यभार सम्हालेकै वर्ष १९ वटै वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराइएको हो ।

जनप्रतिनिधिको सवारीसाधन मोह

नदी गाउँ पस्ने खतरा कायमै

टीकापुर ५, शाहीपुरमा कर्णाली नदीको कटान रोकिएको छैन । स्थानीय र प्रहरी तथा सेनाको टोलीले जैविक तटबन्धबाट कटान रोक्ने प्रयास गरे पनि नदीले जैविक तटबन्ध बगाएको छ ।

नदी गाउँ पस्ने खतरा कायमै