प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

अर्जुन शाह

धनगढी — प्रदेश ७ सरकारले जनै पूर्णिमाको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

फाइल तस्बिर

रक्षाबन्धन तथा जनै पूर्णिमा यस प्रदेशको महत्वपूर्ण चाड भएको जनाउँदै प्रदेशस्थित सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोको पिरलोः दिनभरी घरमा, रातभरी अन्तै

राजेन्द्र मानन्धर

काठमाडौँ — दिनभरी जहाँ भए पनि बासलाई आफ्नो घर आउनुपर्नेमा दोलखा सुन्द्रावतीका बासिन्दा भने रात परेपछि घर छाडेर अन्यत्रै बस्न जान्छन् । 

त्यसो गर्नु रहर हैन, पहिरोले बस्ती जोखिममा परेकापछि राति अन्यत्र शरण लिनु उनीहरुको बाध्यता हो । पुरानो पहिरोले परिचित मेहेलेको भीर झर्न थालेपछि त्यहाँका बासिन्दा अर्को बस्तीमा शरण लिन थालेका हुन् । ‘साँझ भात खाइसकेपछि सुत्न अन्तै जान थालेका छौ,’ स्थानीय गणेश थामीले भने ।

कालिञ्चोक गाउँपालिका— ९ सुन्द्रावतीस्थित मेहेलेमा बर्सेनि पहिरो जान्छ । पुर्खौपुर्खादेखि उक्त पहिरोले पिरोलिँदै आए पनि जमिन अभावले अन्यत्र सर्ने उपाय छैन । वर्षा लाग्यो की टाउकोमा तरवार झुण्डिएको जस्तो पहिरोको भयमा रहने एक सय १४ परिवारले यसवर्ष झनै दु:ख पाइरहेका छन् । राति घर छाड्नुपर्दा बालबालिका, बृद्धबृद्धा र महिलालाई सास्ती भइरहेको गाउँले बताउँछन् । त्यहाँका वडाअध्यक्ष रामप्रसाद मैनालीले जोखियमा परेका एक सय जति घरपरिवारलाई तत्काल स्थान्तरण गर्नुपर्ने बताए ।

शुक्रवार रातिको भीषण वर्षाले त्यहाँका घरहरु र चौपायहरुलाई क्षति पुर्‍याएको छ । गणेश थामीका अनुसार राति ११ बजेतिर पूर्वसूचनाको आवाज तीनपटक सुनिएपछि पहिरो आइहाल्यो । हावाहुरी, वर्षा र हुस्सुले पूर्वसूचना दिँदा पनि भाग्न सकेनन् । कतिपयले पूर्वसूचना बजेकै थाहा नपाएको गुनासो गरेका छन् ।

पहिरो आइरहने भएकाले वन मन्त्रालय अन्र्तगत जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको साझेदारीमा उक्त बस्तीमा पहिरोको पूर्वसूचना प्रणाली जोडिएको थियो । शुक्रबार आएको पहिरोले उक्त उपकरणको नामोनिसानै मेटाइदिएको छ । पहिरो जानेबारे पूर्वसूचना दिने उपकरण परीक्षणको रुपमा जडान गरिएको थियो ।

सुन्द्रावती क्षेत्रको मेहेले, च्यानडाँडा, मानेडाँडा, विस्टोल, जोगीकोटे, कोठेटोलका कतिपय बासिन्दा पहिरोको त्रासले वारीका पाटा र छिमेकी बस्तीमा सर्न थालेको वडाअध्यक्ष मैनालीले जानकारी दिए ।
‘वडाभरि करिव दुई सय परिवार पहिरो र बाढीको जोखिममा फसेका छन,’ मैनालीले तत्काल बासका लागि शनिबार ६५ जानलाई ओताउने पाल वितरण गरिएको छ ।

तल्लो गाँउ र छापटोलमा सडकतिर बगेको खोला पसेर ठूले क्षेती भएको उनले बताए । बाढी र पहिरो पीडित क्षेत्रमा निरीक्षणपछि उद्दार र राहतका लागि तयारी गरिरहेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०७५ १५:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्