कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

बसन्तप्रताप सिंह

बझाङ — निर्मला पन्तको बलात्कार पछि भएको हत्याको घटनाको विषयलाई लिएर बझाङमा पनि प्रदर्शन गरिएको छ । सदरमुकाम चैनपुर बजारमा नारा जुलुससहित महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई पत्ता लगाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

महिला अधिकारकर्मीहरुले प्रहरी अनुसन्धानमाथि प्रश्नसमेत उठाएका छन् । प्रहरीले वास्तविक दोषीलाई उम्काउन खोजेको आरोप लगाएका छन् । उनीहरुले निर्दोष बालक सन्नी खुनाको गोली हानी प्रहरीले ज्यान लिएको भन्दै घटनामा संलग्नलाई पनि कारबाहीको माग गरेका छन् । शनिबार बझाङमा प्रदर्शन गर्दै हत्यारालाई पत्ता लगाई फाँसी दिनु पर्ने, मानसिक रोगीलाई बलात्कार आरोप लगाएर प्रहरीले नै घटनालाई लुकाउन खोजेको, भदौ १ गते लागू भएको कानुन कार्यान्वयन गरिनु पर्नेलगायतका माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाइएको छ ।


महिला अधिकार मञ्च, महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, पञ्चदेबल बहुउदेश्य सहकारी संस्था, मानव रक्षा संजाल, अन्तरपार्टी महिला सञ्जाल, नागरिक समाजलगायतका संघ संस्थाहरुले प्रदर्शनमा सहभागिता जनाएका थिए । बलात्कारीलाई कारबाहीको लागि दवाव दिन आफूहरुले त्यसो गरेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेनका सिहंले बताइन् ।


प्रदर्शनमा स्थानीय, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो । उनीहरुले केहीबेर जिल्ला प्रसाशन कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित : भाद्र ९, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?