सुदूरपश्चिम

Pradesh-7

जीवनजल छैन स्वास्थ्य संस्थामा

जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउनुपर्ने नि:शुल्क औषधि जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । औषधिको अभाव हुँदा बिरामीहरू निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य छन् । 

जीवनजल छैन स्वास्थ्य संस्थामा

पर्यटकीय क्षेत्र शौचालयविहीन

डल्फिन क्षेत्रमा शौचालय पनि बनेका छैनन् । सार्वजनिक शौचालय नहुँदा डल्फिन अवलोकन गर्न आउनेहरू आसपासमा स्थानीयका निजी शौचालय चहार्नुपर्ने बाध्यता रहेको छ ।

पर्यटकीय क्षेत्र शौचालयविहीन

सय बढी घर डुबानको जोखिममा

दुई दिनदेखिको निरन्तर वर्षाले कैलालीको दक्षिण–पूर्वी क्षेत्र डुबानको जोखिममा परेको छ । स्थानीय नदी कान्द्रा, काँडा, बान्द्रा र मोहना नदीमा आएको बाढीले डुबानको खतरा बढेको स्थानीयले बताएका छन् ।

सय बढी घर डुबानको जोखिममा
भाद्र ९, २०७५

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

निर्मला पन्तको बलात्कार पछि भएको हत्याको घटनाको विषयलाई लिएर बझाङमा पनि प्रदर्शन गरिएको छ । सदरमुकाम चैनपुर बजारमा नारा जुलुससहित महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई पत्ता लगाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।

निर्मला हत्या प्रकरण: बझाङमा पनि प्रदर्शन

बगर बने जिउला

दस वर्षअघिसम्म जयपृथ्वी नगरपालिकाको रुइनाबगरकी शंखधारा जोशीको परिवार ‘हुने खानेमा’ गनिन्थ्यो । छानापरीमा रहेको १० रोपनी खेतमा वार्षिक २५ क्विन्टल धान फल्थ्यो । त्यो उत्पादनले खानलाई छेलोखेलो थियो ।

बगर बने जिउला

महँगा गाडीमा जनप्रतिनिधि

स्थानीय तहका जनप्रतिनिधिमा गाडी मोह झ्यागिँदै गएको छ । एक वर्ष नबित्दै अधिकांश पदाधिकारी गाडी र मोटरसाइकल खरिदमा लागेका छन् । उनीहरू विकासे बजेट खर्चेर सवारी खरिद गरिरहेका हुन् ।

महँगा गाडीमा जनप्रतिनिधि

चौरमै पहिरोपीडित

गत शुक्रबार राति घर माथिबाट आएको पहिरोमा पुरिएर बूढीगंगा–१ कुँडीकी ४५ वर्षीया कला परीको च्यापिएर मृत्यु भयो । पति नन्दे गम्भीर घाइते छन् । पहिरोको जोखिमले गाउँका १ सय ३५ परिवार विस्थापित भएका छन् ।

चौरमै पहिरोपीडित
भाद्र ८, २०७५

जयपृथ्वी जयन्ती : विभूति घोषणा गर्न हस्ताक्षर

बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती जिल्लाभर धुमधामसँग मनाइएको छ ।

जयपृथ्वी जयन्ती : विभूति घोषणा गर्न हस्ताक्षर

सुरु भयो बिरिजात मेला

पाँच दिनसम्म चल्ने जिल्लाकै प्रसिद्ध बिरिजात मेलाको रौनक सुरु भएको छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थ यात्रीहरू बिहीबार सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

सुरु भयो बिरिजात मेला

व्यवस्थापनका नाममा फँडानी रोकिने

वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फँडानी कार्यलाई प्रदेश ७ को अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले रोक्ने निर्देशन दिने तयारी गरेको छ । समितिले वैज्ञानिक व्यवस्थापनका नाममा वन क्षेत्रको दोहन भइरहेको बताएको छ ।

व्यवस्थापनका नाममा फँडानी रोकिने