कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको अदालतबाट म्याद थप

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ । 

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको अदालतबाट म्याद थप

जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए पनि कति दिन म्याद थपेकाे खुलाएकाे छैन ।

एक महिनाअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा लापरवाही गरेको भन्दै आन्दोलन चर्केपछि तत्कालीन सुरक्षा निकायका प्रमुख फेरिएपछि नयाँ टोलीले प्रारम्भिक चरणबाट पुन: अनुसन्धान सुरु गरेको हो ।

म्याद थपसँगै बम दिदीबहिनीसँग बयान लिने तथा अन्य अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?