पत्रकार ५ दिनदेखि बेपत्ता 

अर्जुन शाह

धनगढी — बाजुराको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ५ दिनदेखि बेपत्ता छन् । उनी बाजुराको प्रशिद्ध तीर्थस्थल बुढीनन्दा क्षेत्रबाट फर्किने क्रममा शनिबारदेखि बेपत्ता भएका हुन् । लौरीविनायकबाट करिब २ घण्टा माथि रहेको वरमाग्ना भन्ने स्थानमा आफ्नो समान छुटेको बताएर उनी फर्किएका रेडियो बुढीनन्दाका नहकुल जोशीले बताए ।  

Yamaha

डोटी घर भएका ३८ वर्षीय पत्रकार खड्काको खोजीका लागि प्रहरीको टोली कोल्टीबाट ३ दिनअघि गए पनि बुधबार फर्किएको छ । मंगलबार बिच्छ्या प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको अर्को टोली मंगलबार त्यसतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । उनका अनुसार खोजीका लागि बुधबार बिहान सेनाको टोलीसमेत कोल्टीबाट परिचालित भएको छ ।

खड्काको खोजीका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले पहल गरिरहेको छ । प्रदेश र केन्द्रको सम्पर्कमा रही सुरक्षा निकायसँग समन्वय गरिरहेको पत्रकार महास‌ंघ जिल्ला अध्यक्ष प्रकाश सिंहले बताए ।

पत्रकार खड्काले ०५५ सालदेखि १४ वर्ष रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा काम गरेका थिए । त्यसपछि उनी रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र काठमाडौंमा सरुवा भएर काम गरेका थिए । रेडियो नेपालमा रहँदा उनको ‘देउडा गीतको सेरोफेरो’ र गीतिकथाको कार्यक्रम निकै चर्चित थियो । पछिल्लो समय उनी बाजुराको बुढीनन्दा एफएममा कार्यरत थिए ।

बुढीनन्दा करिब १६ हजार फिटको उचाईमा पर्दछ । मानवबस्तीविहीन यो क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्दछ । बुढीनन्दा यात्रा अत्यन्तै कठिन मानिन्छ । तिलिचोपछिको उचाईमा रहेको ताल बुढीनन्दा ताल हो । यसस्थानमा पुग्न ठाडै उकालो बाटो, अत्यधिक चिसो, लेकलाग्ने ठाउँ, अधिकांश समय वर्षा र कुहिरो लागिरहन्छ ।

सञ्चार सम्पर्कसमेत नहुने त्यस ठाउँमा वर्षको एक दिन मात्र मान्छे हुन्छ । छाप्रे पाटनसम्म भने स्थानीय बासिन्दाका भैँसी गोठहरु हुन्छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १३, २०७५ १६:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्री ओली र भुटान सरकारका प्रमुख सल्लाहकार ल्योन्पोबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भएको भेटवार्ता । तस्बिर : हेमन्त श्रेष्ठ । कान्तिपुर ।


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन हुने स्थान होटल सोल्टीमा भेटवार्ता भएको हो।

बुधबार बिहान काठमाडौं आइपुगेका ल्योन्पो र प्रधानमन्त्री ओलीबीच दिउँसो ४ भेटवार्ता सुरु भएको हो ।



त्यसैगरी बुधबारै साँझ ५ बजे म्यानमारका राष्ट्रपति विन मिन्टले पनि प्रधानमन्त्री ओलीसंग भेटवार्ता गर्ने छन्। उनी दिउँसो लुम्बिनी पुगेर फर्केका छन्।

प्रकाशित : भाद्र १३, २०७५ १६:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT