प्रदेश ७
भाद्र १५, २०७५

स्थानीय तहका वार्षिक समीक्षा : सडक नाटकदेखि कुखुरा खोर उपलब्धि

स्थानीय तहले एक वर्षमा गरेका कामको समीक्षा गर्न आयोजित जिल्ला सभामा जनप्रतिनिधिले सडक नाटकदेखि कुखुरा खोर निर्माण गरिएको कार्यलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । 

बेपत्ता पत्रकारको खोजीमा सेना परिचालन 

बाजुराको बुढीनन्दा एफएममा कार्यरत ३८ वर्षीय पत्रकार तेजबहादुर खड्का ६ दिनदेखि बाजुराको बुढीनन्दा क्षेत्रबाट बेपत्ता छन् । उनको खोजी कार्यमा प्रहरी र सेनाको टोली परिचालित छ । 

महाकालीमा तुइनकै भर

एउटा मसिनो रसी जस्तो ग्याबिन तारमा झुन्डिएर महाकाली नदी वारपार गर्न निकै कठिन हुन्छ । नदी तर्दै गर्दा बिग्रियो वा तर्न नसकेर बीचमै अड्किँदा नदीमा खस्ने सम्भावना उत्तिकै रहन्छ । दार्चुलाको उत्तरपश्चिमी गाउँका स्थानीयबासिन्दा भने वर्षौंदेखि यस्तै कहालीलाग्दो यथार्थ दिनदिनै भोगिरहेका छन् ।

डुंगाबाट वारपार

कैलालीको मध्य भागबाट बग्ने कन्द्रा नदीमा दिनहुँ दर्जनौ डुंगा चल्छन् । नदीको सिरानदेखि कैलालीको अन्तिम सीमासम्म विभिन्न ठाउँमा दिनभर चल्ने डुंगामा कम्तीमा तीन हजार यात्रु जोखिमपूर्ण तरिकाले नदी वारपार गर्न बाध्य छन् ।

‘छोरीले जहिल्यै बुवा खोज्छिन्’

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्ना आफन्तजनको हालसम्म अत्तोपत्तो लाग्न नसकेकोमा पीडा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसका अवसरमा बिहीबार सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा बेपत्ता व्यक्तिका परिवारले राज्यले वास्तै गर्न छाडेको भन्दै दु:ख व्यक्त गरे ।

भाद्र १४, २०७५
ADVERTISEMENT

दलित विद्यार्थी मात्रै

सदरमुकाम मंगलसेनमा रहेको बालमन्दिरमा दलित समुदायका विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कक्षा एकसम्म पढाइ हुने बालमन्दिरमा २० जना विद्यार्थी छन् । ती सबै दलित समुदायका हुन् ।

छाङरु जान सकस

बर्षा र पहिरोले व्यास गाउँपालिका–२ दुम्लिङदेखि छाङरुसम्मको घोडेटो बाटो भत्किएको छ । त्रिदेशीय सीमा क्षेत्रका छाङरु र तिंकर जोड्ने घोडेटो बाटो भत्किएपछि स्थानीय ठूलो सास्ती भोग्न बाध्य छन् ।

७ वर्ष बित्यो, पुल निर्माण भएन

ठेक्का स्विकृत भएको ७ बर्ष बितिसक्दा पनि जिल्लाको उत्तरी क्षेत्रलाई यातायात संजालमा जोड्ने मोटरेबल पुलको निमार्ण अझै सुरु भएको छैन् ।

कर्णाली बस्ती पस्ने खतरा

टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीको कटानले जोखिम बढेको छ । बाँकी रहेको ३ फुट डिल कटान गरेमा नदी गाउँ पस्ने खतराले स्थानीय त्रसित छन् ।