कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भन्सार छलेको सामान बरामद

अर्जुन शाह

धनगढी — सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो मात्रामा रेडिमेड कपडाहरु बरामद गरेको छ ।

भन्सार छलेको सामान बरामद

बरामद गरिएका कपडाहरुमा सानो ठूलो साइजका मोदी कोट १ हजार ३ सय ३५ थान, हाइड्रोलिक ब्याक ३ थान, जेसिबी ब्रेक पाइप १० थान लगायतका उपकरण र से १ झ १३३ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिइएको डिएसपी विष्णुप्रसाद भट्टले बताए ।


धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले न्यूनतम् ७ लाख ४४ हजार मुल्यका कपडा र केही उपकरणहरुसँगै ४ लाख मूल्यको बोलेरो गाडी नियन्त्रणमा लिएको जनाएको छ ।


बोलेरो जीपमा पैठारी गरी फुलबारी नाका हुँदै धनगढीतर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी भट्टले बताए । बरामद भएका सामग्रीहरुको खुद्रा बजारमूल्य करिब २१ लाख बराबर हो ।


कैलालीमा १ सय १ किलोमिटर खुला सीमा भएकाले दैनिक करोडौँको सामग्रीहरु चोरी पैठारी हुने गरेको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?