कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाल्डाखुल्डी पुरेर विरोध

टीकापुर — यहाँका कांग्रेस कार्यकर्ताले विरोधको नयाँ शैली अपनाएका छन् । नारा जुलुस, र्‍याली बन्द होइन, विकासका काम गरेर विरोध जनाएका हुन् ।

खाल्डाखुल्डी पुरेर विरोध

कांग्रेस कार्यकर्ता आफैंले रकम संकलन गरे । भजनी–सुखड सडक खण्डमा रहेका खाल्डाखुल्डी पुरे । ‘नगरपालिकाले लाज मानोस् । सडकमा भएको खाल्डाखुल्डी पुरोस्,’ स्थानीय कांग्रेस कार्यकर्ता जयबहादुर बुढाले भने । भजनी नगरपालिकालाई राजमार्गसित जोड्ने सडक हिँड्नै नहुने भएपछि खाल्डाखुल्डी पुरेर विरोध जनाइएको बुढाले बताए ।

उनले भने, ‘सडकका कारण सवारी आवागमनमा समस्या भएको छ । भजनी अस्पतालबाट रिफर भएका बिरामी धनगढी र नेपालगन्ज लान पनि अप्ठ्यारो छ ।’ सडक मर्मत गरिनुपर्ने माग राख्दै विरोधस्वरूप गरिएको आन्दोलनमा २४ घनमिटर ग्राभेलबाट खाल्डा पुरिएको थियो ।

‘सडक मर्मतका लागि पटकपटक नगरपालिकामा डेलिकेसन गयाैं । भजनी नगरपालिकाले वास्ता गरेन,’ कांग्रेसका नगर सभापति टेकराज न्यौपानेले भने, ‘आन्दोलनमा जानुको विकल्प रहेन । बन्द हडतालबाट सास्ती हुन्छ भनेर विरोधका कार्यक्रमको स्वरूप फेर्‍यौं । फेरि पनि सुनुवाइ नभए अन्य यस्तै विरोधका कार्यक्रम गर्छौं ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?