कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘प्रदेश सरकार असफल’

धनगढी — कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले मुख्यमन्त्रीको आफ्नो कुनै योजना र कार्यक्रम नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

‘प्रदेश सरकार असफल’

आइतबार बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै उनले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरूको बोलीमा समेत कुनै ठेगान नभएको बताए ।
‘सुरुमै कसैले पनि भारतमा गएर चौकिदारी गर्नु पर्दैन भन्ने मुख्यमन्त्रीले रोजगारी दिनका लागि के गरे ? दैनिक सयौं युवा चौकीदारीका लागि भारत पस्दै गर्दा उनीहरूलाई रोक्ने योजना किन ल्याइएन ?’ उनले भने ।

प्रदेश सरकारले बजेट ल्याएको एक महिना बित्दासमेत कार्यक्रम बनाउन नसकेकोमा रावलले आपत्ति जनाए ।

उनले अहिलेको सरकार सुरुदेखि नै असफलताको बाटोतर्फ डोरिएको दावी गरे । अहिलेको सरकार कांग्रेस निकट आस्था राख्ने ट्रेड यूनियनका ब्यक्तिहरूलाई छानिछानी दु:ख दिन
थालेको बताए ।

‘अरुको बिचारको सम्मान गर्न नसक्ने कम्यूनिष्टहरू नै अधिनायकवादीको रुपमा देखिन थालेका छन्,’ उनले भने ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाहले अन्य ट्रेड यूनियनभन्दा कांग्रेसका शुभेच्छुकहरू फरक देखिनुपर्ने औल्याए ।

शाहले भने, ‘कांग्रेसका कार्यकर्ताहरूको शैली र ब्यवहार अन्य राजनीतिक दलका कार्यकर्ताहरूभन्दा फरक हुनुपर्छ । बित्तिय संस्था कर्मचारी संघका केन्द्रिय अध्यक्ष पदमराज रेग्मीले कांग्रेसले आफ्ना सदस्यहरूलाई संरक्षण गर्न नसकेको गुनासो गरे ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?