कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिङगालले टाेक्दा एक बालिकाकाे मृत्यु, दुई घाइते

रासस

बैतडी — अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । 

अरिङगालले टाेक्दा एक बालिकाकाे मृत्यु, दुई घाइते

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीमा तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो ।

बारीमा मकै भाचिँरहेका बेला अामाबुवासँगै गएकी उनलाई अरिङ्गालले टोकेको हो । घाइते हुनेमा पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेकाे स्थानीय राजेन्द्र विष्टले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?