प्रदेश ७
भाद्र २०, २०७५

‘लाइसेन्स वितरण पारदर्शी बनाउ’

युवा संघ नेपालले सवारी ट्रायल सेन्टरमा सीसी क्यामेरा जडान गरी लाइसेन्स वितरण प्रकृयालाई पारदर्शी बनाउन माग गरेको छ । बुधबार आन्तरिक मामिला मन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

विवादले ल्यान्डफिल साइट अलपत्र

स्थानियवासीको विरोध र बिवादका कारण प्रदेश ७ का प्रमुख चार नगरपालिकाको फोहोर व्यवस्थापनका लागि निर्माण गर्ने भनिएको ल्यान्डफिल साइटको काम अगाडि बढ्न सकेको छैन ।

स्रोत बाँडफाँटमा विवाद: साउनमै सक्नुपर्ने ठेक्का अझै लागेन

नयाँ आर्थिक वर्षको सुरुआतसँगै स्थानीय तहबीच स्रोत बाँडफाँटमा विवाद बढेको छ । सीमा क्षेत्रमा पर्ने नदी–नाला उत्खननबापतको राजस्व, माछा मार्ने कर संकलनलगायत विषयको बाँडफाँट स्थानीय तहका लागि पेचिलो बन्दै गएको छ ।

तिब्बती मदिरा रोक

तिब्बती मदिराको अनियन्त्रित प्रयोगले सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थालेपछि साइपाल गाउँपालिकाले मदिरा आयातमा प्रतिबन्ध लगाएको छ ।

भाद्र १९, २०७५
ADVERTISEMENT

पश्चिममा गौराको रौनक

स्थानीय महिलाले बाजागाजाका साथ दुलही झैं चिटिक्क सिँगारिएकी गौरा देवीलाई धनगढीको वनदेवी मन्दिरमा भित्र्याउँदै गर्दा आइतबार बिहान मन्दिर वरिपरिको रौनक बेग्लै थियो ।

भाद्र १८, २०७५

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानका लागि दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली महेन्द्रनगर आएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

हराउँदै ढिकी–जाँतो

विद्युत र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकीजाँतो र पानी घट्टको प्रयोग घटेको छ । गाउघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानी –पिसानीका परम्परागत साधन हराउँदै गएका हुन् ।

थारू गाउँमा अस्टिम्कीको रौनक

व्रतालु महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोटामा चोखो जल लिएर सोह्र शृंगारसहित अस्टिम्की घरमा छिरे । त्यसपछि अँध्यारो अस्टिम्की घर पालाको दियालोले उज्यालो भयो ।