तिब्बती मदिरा रोक

बझाङ — तिब्बती मदिराको अनियन्त्रित प्रयोगले सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थालेपछि साइपाल गाउँपालिकाले मदिरा आयातमा प्रतिबन्ध लगाएको छ ।

तिब्बती मदिरा रोक

गत असारमा सम्पन्न दोस्रो गाउँसभाले नीतिगत निर्णय गरेर आर्थिक वर्ष ०७५/०७६ देखि मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

बझाङको उरै भञ्ज्याङ नाका हुँदै तिब्बतको ताक्लाकोटबाट वार्षिक ३ करोड बराबरको मदिरा अवैध आयात हुने गरेको साइपाल गाउँपालिकाको अनुमान छ ।

यो बाटो भएर करिब २५ हजार भेडाच्याङ्ग्रा, २ सयभन्दा बढी खच्चर, चौंरी र भरियामार्फत यो परिमाणको मदिरा बझाङ भित्रिने गर्छ । यसरी आयात भएको मदिरा आधाभन्दा बढी सेती नदीको मुहान आसपास र जडिबुटी संकलन क्षेत्र रहेको उच्च हिमाली भुभागमा खपत हुने गर्दछ ।

यार्सा तथा जडिबुटी संकलक, उरै भञ्जाङको बाटो भएर चीनको तिब्बत जाने यात्री र यस क्षेत्रका नदी किनारमा खोलिएका अस्थायी होटलहरूले मदिराका खाली बोत्तल सेती नदीको मुहान क्षेत्रमा जथाभावी फाल्ने गरेका छन् । सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोरहरू सेती नदीमा विसर्जन गर्ने गरेको कारण नदीमा फोहोर थुप्रिँदै गएको हो ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?