कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘लाइसेन्स वितरण पारदर्शी बनाऊ’

धनगढी — युवा संघ नेपालले सवारी ट्रायल सेन्टरमा सीसी क्यामेरा जडान गरी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी बनाउन माग गरेको छ ।

‘लाइसेन्स वितरण पारदर्शी बनाऊ’

बुधबार आन्तरिक मामिला मन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

सवारी चालक अनुमति पत्र वितरणमा यातायात व्यवस्था कार्यालयबाट अनियमितता भइरहेको भन्दै युवा संघले त्यसलाई तत्काल रोक्न भनेको छ ।

ट्रायल परीक्षण गर्दा अनुत्तीर्ण भएकालाई समेत रकम लिएर लाइसेन्स दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?