कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गौरा मनाएर भारत

दार्चुला — साताअघि गौरा पर्व मनाउन दिल्लीबाट घर आएका दुहु–४ का भवानसिंह कार्की शनिबार दिल्ली फर्किए । ‘एक हप्ता घरपरिवारसित रमाइलो गरेर फेरि उतै जाँदैछु,’ उनले भने, ‘दुई दिनमा घरै पुगिने भएकाले मुख्य चाडपर्व मनाउन सजिलो छ,’ उनले भने, ‘मालिकले बिदा दिए दसैंमा फेरी घर फर्किन्छु ।’

गौरा मनाएर भारत

गौरा पर्व मनाएर यहाँका स्थानीय मजदुरी गर्न फेरि भारत फर्किन थालेका हुन् । रोजगारीका लागि वर्षौंदेखि यहाँका अधिकांश स्थानीय बासिन्दा भारतीय सहर जान्छन् । ‘दुइटा छोरा भारतको बैग्लोरमा छन्,’ दुहुँ–४ पासुका दपानसिंह कुँवरले भने, ‘कहिलेकाहीं वर्षमा एकपटक फर्किन्छन् । कुनै वर्ष भने २/३ वर्षको अन्तरालमा मात्र छोराहरूसित चाडपर्वमा रमाउन पाइन्छ ।’

उत्तैको कमाइबाट घरधन्दा चलेकोल बाध्यताले विदेश नै पठाउनुपरेको उनको दुखेसो छ । ब्यास, दुहु, लेकम, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका अधिकांश बासिन्दा भारतका विभिन्न ठाउँमा रोजगारीमा गएका छन् । ‘अन्य ठाउँमा मानिसहरू पनि विदेश तथा तेस्रो मुलुक गएका थुप्रै छन्,’ महाकाली ९ दत्तुका सुरेश डागाले भने, ‘पुस्तौंदेखि भारतकै रोजगारीको भरमा परिवार चलाइरहेका छौ ।’

पछिल्लो समय सीमावर्ती गाउँका बासिन्दा दैनिक ज्यालादारीमा पनि भारत जान थालेका छन । एक/दुई महिना दैनिक ज्यालादारीमा मजदुरी गर्ने र कामको सिजनमा घरमा पर्कने गरेको ब्यास–३ सिनाका मानसिंह धामीले बताए । ‘सडक निर्माणका काममा नेपाली मजदुर संलग्न छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?