तालिम प्राप्त कुकुर खोरमै

किशोरी हत्या प्रकरण
मोहन बुढाऐर

धनगढी — जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ ।

प्रदेश ७ को धनगढीस्थित कुकुर शाखामा रहेका तालिम प्राप्त कुकुर । तस्बिर : मोहन

प्रदेश ७ मा तालिम प्राप्त कुकुर छन् । नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाका प्रमुख सई मदन गुरुङकाअनुसार टीकापुरको एउटाबाहेक अन्य कुनै पनि आपराधिक घटनामा कुकुर परिचालन गरिएको छैन् ।

गत फागुनमा टीकापुरका करन थापाको हत्या घटनामा मात्रै अपराधी पत्ता लगाउन कुकुर प्रयोग गरिएको थियो । ‘घटना भएको १४ घन्टाभित्र कुकुर घटनास्थल पुर्‍याएमा अपराधी समात्न सकिन्छ,’ सई गुरुङले भने, ‘अपराधीले घटनास्थलमा छोड्ने गन्ध वा प्रमाण उडिसकेको वा बगिसकेको अवस्था हुनु हँुदैन ।’ आठ महिनाअघि प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा प्रहरीको कुकुर शाखा स्थापना भएको हो । भीभीआईपी सुरक्षा र अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश राजधानीमा कुकुर शाखा स्थापना गरिएको थियो ।

हाल कुकुर शाखामा खोजतलासमा सघाउन तालिम प्राप्त ४ कुकुर छन् । तीमध्ये अपराधी पत्ता लगाउने एउटा अनुभवी ट्रयाकर कुकुर पनि छ । ‘ट्रयाकर कुकुरमा अपराध भएको स्थानबाट गन्ध पहिचान गरी अपराधी पत्ता लगाउने क्षमता हुन्छ,’ सई गुरुङ भन्छन्, ‘कुकुरले प्रहरीलाई अपराधी नजिक पुर्‍याउन सघाउछ ।’

निर्मला हत्या काण्डमा भने कुकुर परिचालन गर्न सकिने अवस्था नरहेको सइ गुरुङले बताए । उनका अनुसार निर्मलाको शव फेला परेको उखुवारीमा रातभरी पानी परेकाले अपराधीले सबुत प्रमाणका रूपमा छोड्ने गन्ध बगिसकेको अवस्थामा कुकुरको प्रयोगबाट पनि उपलब्धि हुँदैन्थ्यो । तर, नभिजेको सुख्खा कापी किताब फाल्ने व्यक्तिको पहिचान गर्न कुकुरको प्रयोग गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । ‘उक्त घटनामा कुकुर नै माग भएन,’ उनले भने।

Yamaha

प्रकाशित : भाद्र २४, २०७५ १०:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गौरा मनाएर भारत

कान्तिपुर संवाददाता

दार्चुला — साताअघि गौरा पर्व मनाउन दिल्लीबाट घर आएका दुहु–४ का भवानसिंह कार्की शनिबार दिल्ली फर्किए । ‘एक हप्ता घरपरिवारसित रमाइलो गरेर फेरि उतै जाँदैछु,’ उनले भने, ‘दुई दिनमा घरै पुगिने भएकाले मुख्य चाडपर्व मनाउन सजिलो छ,’ उनले भने, ‘मालिकले बिदा दिए दसैंमा फेरी घर फर्किन्छु ।’

गौरा पर्व मनाएर यहाँका स्थानीय मजदुरी गर्न फेरि भारत फर्किन थालेका हुन् । रोजगारीका लागि वर्षौंदेखि यहाँका अधिकांश स्थानीय बासिन्दा भारतीय सहर जान्छन् । ‘दुइटा छोरा भारतको बैग्लोरमा छन्,’ दुहुँ–४ पासुका दपानसिंह कुँवरले भने, ‘कहिलेकाहीं वर्षमा एकपटक फर्किन्छन् । कुनै वर्ष भने २/३ वर्षको अन्तरालमा मात्र छोराहरूसित चाडपर्वमा रमाउन पाइन्छ ।’

उत्तैको कमाइबाट घरधन्दा चलेकोल बाध्यताले विदेश नै पठाउनुपरेको उनको दुखेसो छ । ब्यास, दुहु, लेकम, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका अधिकांश बासिन्दा भारतका विभिन्न ठाउँमा रोजगारीमा गएका छन् । ‘अन्य ठाउँमा मानिसहरू पनि विदेश तथा तेस्रो मुलुक गएका थुप्रै छन्,’ महाकाली ९ दत्तुका सुरेश डागाले भने, ‘पुस्तौंदेखि भारतकै रोजगारीको भरमा परिवार चलाइरहेका छौ ।’

पछिल्लो समय सीमावर्ती गाउँका बासिन्दा दैनिक ज्यालादारीमा पनि भारत जान थालेका छन । एक/दुई महिना दैनिक ज्यालादारीमा मजदुरी गर्ने र कामको सिजनमा घरमा पर्कने गरेको ब्यास–३ सिनाका मानसिंह धामीले बताए । ‘सडक निर्माणका काममा नेपाली मजदुर संलग्न छन्,’ उनले भने।

प्रकाशित : भाद्र २४, २०७५ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT