कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तालिम प्राप्त कुकुर खोरमै

किशोरी हत्या प्रकरण
मोहन बुढाऐर

धनगढी — जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ ।

तालिम प्राप्त कुकुर खोरमै

प्रदेश ७ मा तालिम प्राप्त कुकुर छन् । नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाका प्रमुख सई मदन गुरुङकाअनुसार टीकापुरको एउटाबाहेक अन्य कुनै पनि आपराधिक घटनामा कुकुर परिचालन गरिएको छैन् ।

गत फागुनमा टीकापुरका करन थापाको हत्या घटनामा मात्रै अपराधी पत्ता लगाउन कुकुर प्रयोग गरिएको थियो । ‘घटना भएको १४ घन्टाभित्र कुकुर घटनास्थल पुर्‍याएमा अपराधी समात्न सकिन्छ,’ सई गुरुङले भने, ‘अपराधीले घटनास्थलमा छोड्ने गन्ध वा प्रमाण उडिसकेको वा बगिसकेको अवस्था हुनु हँुदैन ।’ आठ महिनाअघि प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा प्रहरीको कुकुर शाखा स्थापना भएको हो । भीभीआईपी सुरक्षा र अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश राजधानीमा कुकुर शाखा स्थापना गरिएको थियो ।

हाल कुकुर शाखामा खोजतलासमा सघाउन तालिम प्राप्त ४ कुकुर छन् । तीमध्ये अपराधी पत्ता लगाउने एउटा अनुभवी ट्रयाकर कुकुर पनि छ । ‘ट्रयाकर कुकुरमा अपराध भएको स्थानबाट गन्ध पहिचान गरी अपराधी पत्ता लगाउने क्षमता हुन्छ,’ सई गुरुङ भन्छन्, ‘कुकुरले प्रहरीलाई अपराधी नजिक पुर्‍याउन सघाउछ ।’

निर्मला हत्या काण्डमा भने कुकुर परिचालन गर्न सकिने अवस्था नरहेको सइ गुरुङले बताए । उनका अनुसार निर्मलाको शव फेला परेको उखुवारीमा रातभरी पानी परेकाले अपराधीले सबुत प्रमाणका रूपमा छोड्ने गन्ध बगिसकेको अवस्थामा कुकुरको प्रयोगबाट पनि उपलब्धि हुँदैन्थ्यो । तर, नभिजेको सुख्खा कापी किताब फाल्ने व्यक्तिको पहिचान गर्न कुकुरको प्रयोग गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । ‘उक्त घटनामा कुकुर नै माग भएन,’ उनले भने ।

प्रकाशित : भाद्र २४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?