२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
सुदूरपश्चिम

Pradesh-7

उजाड बगर हराभरा

भीमदत्त नगरपालिका–९ मटेनाको कामीकाटे खोलाको दुवैतर्फ हराभरा घना वन छ । नदी छेउसम्मै नयाँं बिरुवा उम्रिने क्रम बढेको छ । केही वर्षअघिसम्म उजाड देखिने यो क्षेत्र संरक्षणले नमुना बन्दै गएको छ ।

उजाड बगर हराभरा

एक गाउँ, एक बाली

रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रममा बालीको ‘ब्लक’ बनाएर खेतीमा जोड दिने र कृषि उत्पादनमा सहयोग गर्ने जनाएको छ ।

एक गाउँ, एक बाली

जोखिममा झोलुंगेपुल

बिटुले र सेरी जोड्न चमेलिया नदीमा निर्माण गरिएको झोलुंगेपुल जोखिममा परेको छ । पुरानो झोलुंगेपुल चमेलिया जलविद्युत् आयोजनाको जलाशयमा डुबेपछि नयाँ बनाइएको थियो । थोरै अग्लो ठाउँमा निर्माण गरिएको नयाँ झोलुंगेपुल नदी कटानले जोखिममा परेको हो ।

जोखिममा झोलुंगेपुल
भाद्र २४, २०७५

बैतडीका ५० वडा सचिवविहिन

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ ।

बैतडीका ५० वडा सचिवविहिन

तालिम प्राप्त कुकुर खोरमै

जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ ।

तालिम प्राप्त कुकुर खोरमै

गौरा मनाएर भारत

साताअघि गौरा पर्व मनाउन दिल्लीबाट घर आएका दुहु–४ का भवानसिंह कार्की शनिबार दिल्ली फर्किए । ‘एक हप्ता घरपरिवारसित रमाइलो गरेर फेरि उतै जाँदैछु,’ उनले भने, ‘दुई दिनमा घरै पुगिने भएकाले मुख्य चाडपर्व मनाउन सजिलो छ,’ उनले भने, ‘मालिकले बिदा दिए दसैंमा फेरी घर फर्किन्छु ।’

गौरा मनाएर भारत
भाद्र २३, २०७५

छाउपडी कानुन कागजमै

मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ । र त्यसैअनुसार सजाय पनि हुनेछ ।

छाउपडी कानुन कागजमै

जहाँ कर्मचारी छैनन्

वडा कार्यालयमा वडाध्यक्ष नारायण पछेरा शुक्रबार असिनपसिन भइरहेका भेटिए । कार्यालयमा सिफारिस लिन आउनेको ओइरो थियो । उनी सेवाग्राहीका सिफारिस फारम भर्नेदेखि दर्ता चलानी र राजस्व काट्ने काम एक्लै भ्याइरहेका थिए ।

जहाँ कर्मचारी छैनन्

बाबुराम दम्पतीको अटोरिक्सा मोह

मुक्त कमैया दम्पती बाबुराम र सीमा दुवैको पेसा अहिल अटोरिक्सा चालक हुन पुगेको छ । टीकापुर नगरपालिका–१ शक्तिनगरका यी दम्पतीको दैनिकी बिहानदेखि साँझसम्म आ–आफ्नो अटोरिक्सामा व्यस्त हुनु हो ।

बाबुराम दम्पतीको अटोरिक्सा मोह
भाद्र २२, २०७५

रंगियो दुर्गाथली

वीरसती मेलाको रौनकले गाउघर गुन्जिएको छ । जिल्लाको दक्षिण पश्चिमको छबीस पाथीभेरा र दुर्गाथली गाउँपालिकाको बिसौनामा लाग्ने यो मेला भर्न आउनेको घुइँचोले बाटामा पाइला राख्ने ठाउँ छैन ।

रंगियो दुर्गाथली