उजाड बगर हराभरा

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाको कामीकाटे खोलाको दुवैतर्फ हराभरा घना वन छ । नदी छेउसम्मै नयाँं बिरुवा उम्रिने क्रम बढेको छ । केही वर्षअघिसम्म उजाड देखिने यो क्षेत्र संरक्षणले नमुना बन्दै गएको छ ।

स्थानीयको संरक्षण र चार वर्षअघि खोलाको दुवैतर्फ तटबन्ध निर्माणले यस्तो अवस्था आएको हो । स्थानीयले चरी चरन निषेध र वृक्षरोपण गरेर सामुदायिक वन सगै जोडिएको खोलालाई पनि संरक्षण गरेका हुन् ।


Yamaha

जिल्लाकै उत्कृष्ट सामुदायिक वनका रूपमा चिनिएको चुरे फेदीको वैजनाथ सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरू अहिले पनि वृक्षरोपण र संरक्षणमा तल्लीन भएर लागेका छन् । ‘१५ वर्षअघि यो वन पूरै सखाप भइसकेको थियो,’ सामुदायिक वनका पूर्व अध्यक्ष खडकसिंह विष्टले भने, ‘तलबाट हेरेपछि चुरेका नाङ्गा डाँडा मात्रै देखिन्थे ।’


त्यही बेलादेखि सामुदायिक वनले संरक्षण अभियान सुरु गरेको हो । वनभित्र घांँस–दाउरा संकलन पूर्ण रूपमा बन्द गरी चरिचरन पनि निषेध गरियो । त्यसपछि ४/५ वर्षमै फेरि घना वन बन्यो । वन विनाश हुँदै गए पनि कामीकाटे खोलाले पनि यहांँका बासिन्दालाई धेरै दु:ख दियो । सामुदायिक वनसमेत आधाभन्दा बढी कटान गरिसकेको थियो ।


संरक्षणले अहिले बिरुवा पुनरुत्पादन भएर बगर बनेको क्षेत्र पनि वनमा परिणत भएको छ । महाकाली सिँंचाइ आयोजनाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेपछि संरक्षणमा झन् सहज भएको स्थानीय बताउँछन् । यतिबेला तटबन्धमा पनि दुवैतर्फ सिसम र खयरका बिरुवा उम्रेर राम्रै वन बनेको छ । यसैगरी साल, विजयसाललगायतका बिरुवाहरू पर्याप्त मात्रामा पुनरुत्पादन हुन थालेका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ १०:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरी बलात्कार र हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उलटाखामकि १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रमुख आरोपी दाबी गरिरहेको दिलिपसिंह विष्टलाई थप ४ दिन हिरासतमा राख्न म्याद थपिएको छ । 

हत्या आरोपमा पक्राय गरिएका दीलिपसिंह विष्ट ।

भदौ २२ गतेदेखि लागु हुने गरि आईतबार दोस्रो पटक म्याद थप गरिएको हो ।

जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको बेन्चले म्याद थप गरेको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । भीमदत्त नगरपालिका १९ बागफांटाका उनलाई थुनामा राख्न यसअघि पहिलो पटक भदौ ४ मा १० दिनको म्याद थप गरिएको थियो । भदौ १२ मा अदालतको अनुमति लिएर विष्टलाई काठमाण्डौ लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अझै पनि घट्नाको अनुसन्धान भईरहेको बाहेक अन्य जानकारी दिन सकेको छैन । घट्नाको अनुसन्धान अधिकृत समेत तोकिएको डिएसपी कृष्णराज ओझाले विभिन्न कोणबाट अनुसन्धान भईरहेपनि ठोस रुपमा प्रगति हुन नसकेको बताए ।

प्रकाशित : भाद्र २४, २०७५ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT