जोखिममा झोलुंगेपुल

दार्चुला — बिटुले र सेरी जोड्न चमेलिया नदीमा निर्माण गरिएको झोलुंगेपुल जोखिममा परेको छ । पुरानो झोलुंगेपुल चमेलिया जलविद्युत् आयोजनाको जलाशयमा डुबेपछि नयाँ बनाइएको थियो । थोरै अग्लो ठाउँमा निर्माण गरिएको नयाँ झोलुंगेपुल नदी कटानले जोखिममा परेको हो ।

जोखिममा झोलुंगेपुल

गत साउनमा पानीको सतह बढेपछि पुलको पिलरमुनि कटान सुरु भएको थियो । पुलको दायाँ–बायाँ तटबन्ध नगरिँदा कटान नरोकिएको सेरीका स्थानीय रामदत्त पन्तले बताए । ‘पुरानो पुलको नजिकै चमेलिया आयोजनाले निर्माण गरिदिएको नयाँ पुल पनि भत्कने सम्भावना बढेको छ,’ उनले भने ।


आयोजनाले मार्मा गाउँपालिकाको बिटुले–सेरी जोड्ने नयाँ पुल निर्माण गरेपछि स्थानीयलाई आवतजावतमा केही सहज भएको थियो । सेरीका स्थानीयको बजार बिटुले र बिटुलेका स्थानीयको घर खेत सेरी गाउँमा भएकाले पुल भएर सधै आवतजावत हुनथ्यो । चमेलिया जलविद्युत्कै कारण नयाँ पुल भत्कने र नदी आसपासको क्षेत्रमा कटानको सम्भावना बढेको स्थानीयले बताए ।


चमेलियाको डयाममा पानीको सतह बढिरहेको र डयामकै पानीले जमिन कटान बढेको छ । चमेलिया जलविद्युत्ले स्थानीयलाई विद्युत् सेवाको सट्टा जोखिम बढाएको स्थानीयको भनाइ छ । ‘आयोजना बनेपछि बत्ती बाल्न त परै जाओस्, ढुक्कले आवतजावत गर्नसमेत पाएका छैनाैं,’ बिटुलेका अर्का स्थानीय गणेशसिंह धामीले भने, ‘बिजुली बाल्न नपाए पनि सुरक्षित यात्रा गर्न पाए खुसी हुने थियौं ।’ आयोजनाले बिटुलेमाथिको क्षेत्रमा कटान बढाएकाले त्यसमाथिको क्षेत्रमा यात्रा जोखिमपूर्ण रहेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?