प्रदेश ७
भाद्र २७, २०७५

गाउँगाउँमा भाइरलका बिरामी

दूषित पानीले टाइफाइड र भाइरलका बिरामी बढेका छन् । जिल्लाका आदर्श, बड्डीकेदार र केआईसिंह गाउँपालिकाका स्थानीय टाइफाइडले प्रभावित भएका हुन भने दिपायल सिलगढी, शिखर नगरपालिका तथा पूर्विचौकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

बारीमै कुहियो तरकारी

बैतडीको पाटन नगरपालिकाको खोड्पे क्षेत्रमा एक महिनादेखिको वर्षाले तरकारी बारीमै कुहिएको छ । कृषकले तरकारीमा कीटनाशक औषधि प्रयोग गर्न नपाएका कारण बारीमै कुहिएको हो ।

बाख्रा बेचेर मालामाल

नामजस्तो जिन्दगी कहाँ हुन्छ र ? नाम आनन्द भए पनि थलारा–६ पिखेतका आनन्द रोकायाको जीवन भने बेचैन थियो । उनी गरिब परिवारमा जन्मिएका थिए । पाँच छोराछोरीको लालनपालन गर्न उनका आमाबाबुलाई हम्मे थियो ।

ठूलो मात्रामा ‘ट्रामाडोल’ बरामद

टीकापुर –८ डाराबोझीबाट प्रहरीले ३५ हजार २ सय क्याप्सुल ट्रामाडोल औषधि बरामद गरेको छ । उक्त औषधि लागूऔषधको सूचीमा नभए पनि दुर्व्यसनीहरूले प्रयोग गर्छन् ।

भाद्र २६, २०७५

सुक्खा पहिरोले ५३ परिवार विस्थापित

सुख्खा पहिरोले मेल्लेख–७ नन्देगडाको रिठा गाउँमा ५३ घर जोखिममा परेका छन् । केही स्थानीय पहिरोको त्रासले छिमेकी गाउँमा सरेका छन् ।

ADVERTISEMENT

अखाद्य वस्तु छ्यापछयाप्ती

प्रमुख चाड दसैं–तिहार सुरु हुने बेला सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको छ । सरोकारवाला निकायले बजार अनुगमन र नियन्त्रणमा ध्यान नदिँदा यस्ता सामानको बिक्री बढेको हो ।

भाद्र २५, २०७५

उजाड बगर हराभरा

भीमदत्त नगरपालिका–९ मटेनाको कामीकाटे खोलाको दुवैतर्फ हराभरा घना वन छ । नदी छेउसम्मै नयाँं बिरुवा उम्रिने क्रम बढेको छ । केही वर्षअघिसम्म उजाड देखिने यो क्षेत्र संरक्षणले नमुना बन्दै गएको छ ।

एक गाउँ, एक बाली

रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रममा बालीको ‘ब्लक’ बनाएर खेतीमा जोड दिने र कृषि उत्पादनमा सहयोग गर्ने जनाएको छ ।

जोखिममा झोलुंगेपुल

बिटुले र सेरी जोड्न चमेलिया नदीमा निर्माण गरिएको झोलुंगेपुल जोखिममा परेको छ । पुरानो झोलुंगेपुल चमेलिया जलविद्युत् आयोजनाको जलाशयमा डुबेपछि नयाँ बनाइएको थियो । थोरै अग्लो ठाउँमा निर्माण गरिएको नयाँ झोलुंगेपुल नदी कटानले जोखिममा परेको हो ।

भाद्र २४, २०७५

बैतडीका ५० वडा सचिवविहिन

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

तालिम प्राप्त कुकुर खोरमै

जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ ।

गौरा मनाएर भारत

साताअघि गौरा पर्व मनाउन दिल्लीबाट घर आएका दुहु–४ का भवानसिंह कार्की शनिबार दिल्ली फर्किए । ‘एक हप्ता घरपरिवारसित रमाइलो गरेर फेरि उतै जाँदैछु,’ उनले भने, ‘दुई दिनमा घरै पुगिने भएकाले मुख्य चाडपर्व मनाउन सजिलो छ,’ उनले भने, ‘मालिकले बिदा दिए दसैंमा फेरी घर फर्किन्छु ।’