कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ठूलो मात्रामा ‘ट्रामाडोल’ बरामद

टीकापुर — टीकापुर –८ डाराबोझीबाट प्रहरीले ३५ हजार २ सय क्याप्सुल ट्रामाडोल औषधि बरामद गरेको छ । उक्त औषधि लागूऔषधको सूचीमा नभए पनि दुर्व्यसनीहरूले प्रयोग गर्छन् ।

ठूलो मात्रामा ‘ट्रामाडोल’ बरामद

ठूलो परिमाणमा ट्रमाडोल औषधि बोकेर जान लागेको से१प ७९८६ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रण गर्न खोज्दा चालक मोटरसाइकिल छोडेर फरार भएको प्रहरीले जानकारी दिएको छ । बरामद औषधि र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीले लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानअन्तर्गत गाँजा, चरेस र ब्राउन सुगरलगायतको ओसारपसार नियन्त्रण अभियान तीव्र बनाएपछि दुर्व्यसनीले ट्रमाडोललाई लागूऔषधका रूपमा प्रयोग गर्न थालेको इलाका प्रहरीका डीएसपी शिवबहादुर सिंहले बताए ।


‘दुव्र्यसनीले यो औषध्रि प्रयोग गर्दै आएका छन् । औषधिपसलेले पनि बदमासी गरेका हुन् कि भन्ने लागेको छ,’ उनले भने, ‘यसबारे पनि अनुसन्धान अघि बढाउँछौ ।’ टीकापुर अस्पतालमा कार्यरत डा . राकेशकुमार झाका अनुसार यो औषधि चिकित्सकको प्रेसकिप्सनबिना बिक्री गर्न पाइँदैन । औषधिपसलमा पनि अनुमति लिएर मात्र राख्न पाइन्छ । ‘यो औषधि बेचेपछि डाक्टरको प्रेसकिप्सनको फोटोकपी राख्नुपर्छ,’ डा. झाले भने, ‘कानुन कार्यान्वयन गरे औषधिलाई लागूऔषधको रूपमा प्रयोग गर्ने सम्भावना न्यून हुन्छ ।’


लागूऔषध नियन्त्रण अभियानका क्रममा गाउँ, टोल र विद्यालयमा प्रशिक्षण, भेला, अन्तक्र्रिया, पर्चा पम्पलेटिङलगायतका जनचेतनामूलक कार्यक्रम गरिएको डीएसपी सिंहले बताए । उनले भने, ‘लागूऔषध दुव्र्यसनीको विकराल समस्या छ । दुर्व्यसनी शून्यमा झार्ने लक्ष्य छ । लागूऔषध दुव्र्यसन नियन्त्रणमा करिब ९५ प्रतिशत सफलता प्राप्त भएको छ ।’


उनका अनुसार खुला सीमाका कारण लागूऔषध दुर्व्यसन न्यूनीकरण चुनौतीका रूपमा रहेको छ । लुकीछिपी सीमा बजारबाट लागूऔषधका रूपमा प्रयोग हुने औषधि सजिलै ल्याउन सकिने भएकाले लागूऔषध दुर्व्यसनी चुनौतीका रूपमा रहेको हो ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?