बस दुर्घटनामा दुई जनाको  मृत्यु 

मोहन बुढाऐर

धनगढी — कैलालीको चिसापानीबाट लम्की तर्फ आइरहेको से१ख ११८८ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

बस दुर्घटनामा दुई जनाको  मृत्यु 

लम्की ट्राफिक प्रहरीका सई नमराज शाहीका अनुसार साईकल यात्रीलाई बचाउन खोज्दा शुक्रबार साँझ ५ बजेको समयमा गाडी सडक दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परेर साईकल यात्री स्थानीय अनिल बादी र बसका यात्री पथरुम तामाङको घटनास्थलमै मृत्यु भएको छ । घाइतेको उपचार स्थानीय लालरत्न अस्पताल लम्कीमा भइरहेको छ ।

प्रकाशित : भाद्र २९, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?