२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाली गरेको निहुँमा बालकको हत्या

बसन्तप्रताप सिंह

बझाङ — छबिस पाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहोराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । 

गाली गरेको निहुँमा बालकको हत्या

सोही ठाउँका ध्वज बोहोराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्विकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

‘छाडा छाडा गाली गर्न थाल्यो, लात्ताले पेटमा हानेर ढलाएँ,’ तिलकले भने, ‘त्यसपछि ढुंगै–ढुंगाले हानें, ऊ बोल्न छाडेपछि मकै बारीमा लगेर ढुंगाले छोपिदिएँ ।’ तिलक सूर्यदेव निमावि मजखोरीमा ८ कक्षामा अध्यनरत छन् ।

कुशल स्कुलबाट फर्किएपछि बुबाको मोबाइल खेल्दै तिजको कार्यक्रम हेर्न गएका थिए । मजखोरी माविमा बुधबार भएको तीज कार्यक्रम हेर्न गएका उनको शव विद्यालयनजिकैको मकैबारीमा बिहीबार फेला परेको थियो ।

साँझसम्म छोरा घर नआएपछि स्थानीयहरूले राती अबेरसम्म कुशलको खोजी गरेका थिए । भोलीपल्ट ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउको, गाला र शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । कुशल पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत थिए ।

तिलककले हत्या गरेको स्वीकार गरिसकेको बताउँदै डिएसपी प्रविन धितालले भने, ‘हत्या उसैले गरेको हो भन्ने निश्चित भइसकेको छ । आइतबार अदालत पेस गर्छौं ।’ तिलकको उमेर परिक्षणपछि कस्तो सजाय हुने भन्ने कुरा अदालतले नै निक्र्योल गर्ने धितालले बताए ।

प्रकाशित : भाद्र ३०, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?